त्रिशूली/  पञ्चकन्या गाउँपालिका–२ कविलासमा आज अपराह्न भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

कविलासबाट काठमाडौँतर्फ अदुवा बोकी गइरहेको बा२ ख.३०८८ नंको आइचर कंको गाडी अनियन्त्रित भई कविलास–छहरे सडक खण्डमा दुर्घटना हुँदा सोही वडाका १३ वर्षीय बलराम मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिए । गाडीमा सवार अन्य भने सकुशल छन् ।