धरान/ नृत्याङ्गना लक्ष्मी राना मगरको ४१ बर्षको उमेरमा उपचारकै क्रममा आज देहावसान भएको छ। उनी लामो समय देखि मृगौला सम्बन्धी समस्याबाट पिडित थिइन् ।  बनस्थली मिर्गौला हस्पिटलमा आज उनकाे निधन भएको हो। उनी विगत आठ बर्ष देखि मृगौला सम्बन्धी समस्याबाट पिडित थिइन्। पर्सा जिल्लाको वीरगञ्जबाट  चर्चित पञ्चम क्लबसँग आवद्ध भएर कला यात्रा शुरु गरेकी रानाले टेलिसिरियलको पकड राम्रो भएको बेला बाचा विर्सेको छैन,निमित्त नायक,एक साँझ लगायत थुप्रै टेलिशृङ्खलामा अभिनय गरेकी थिइन् । उनी नृत्यमा यति पारङ्गत थिइन् ।तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्याको सिफारिसमा उनले पहिलो पटक फ्रान्समा कार्यक्रममा गएकी थिइन् । उनले भारत,स्पेन,जापान,स्वीजरल्याण्ड,फ्रान्स लगायत सय भन्दा बढी देशहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी थिइन्। लक्ष्मी राना एक समयको निकै व्यस्त नृत्यांगना थिइन् । स्टेज प्रोग्रामका लागि देश तथा विदेशका धेरै ठाउँहरुमा पुग्ने गर्थिन्। उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा समेत काम गरिसकेकी थिइन्।   नृत्याङ्गना रानामगर मारुनी, टप्पा, झ्याउरे, स्याब्रु, मैथली सबै प्रकारका लोक नाचमा अब्बल थिइन्। साथै उनलाई साल्सा,ज्याज जस्ता मोर्डन डान्स पनि गर्न अाउथ्याे। सानाे उमेरमा अामा बुबा गुमाएकी मगरकाे एक मात्र भाईको पनि केही बर्ष अगाडी मृत्यु भएको हुनाले अविवाहित लक्ष्मी राना मगर कालोपुल स्थित एक घरको सानो कोठामा एक्लै बस्दै अाएकी थिइन्। जीवनको लामो समय नृत्यकला र अभिनय गरेर कमाएको पैसाले मृगौलाको उपचार गर्दा गर्दै सकिएकाले नेपाल मगर सँघ,दीपशिखा फाउण्डेसन लगायतका संघसंस्था र सहयोगी मन भएका व्यक्तिहरुले उनको उपचारमा सहयोग गरिरहेकाे थियाे।