पोखरा/ पोखराको पृथ्वीचोकस्थित लखन थापाको शालिक रहेको आइल्याण्डलाई साँघुरो बनाउने काम शुरु गरिएको छ ।

सडकको मापदण्डअनुसार आइल्याण्ड साँघुरो बनाउन हाल लखन थापाको शालिक झिकेर सुरक्षित स्थानमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए ।

धेरै फराकिलो हुँदा ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ हुने गरेका कारण आइल्याण्ड साँघुरो बनाउन लागिएको हो । शालिक अग्लो भएका कारण त्यसलाई राख्ने आधार निर्माण गरी थप व्यवस्थित गरिने भएको छ ।