रौतहट/रौतहटको पहिलो शहीद पत्नी एवं फतुुआ विजयपुुर नगरपालिकाबाट निर्वाचित उपप्रमुख कान्तिदेवी महतोले महिला हिंसाको अन्त्य गरी महिलालाई सशक्त बनाउने प्रतिबद्धता जनाए ।

फतुुआ विजयपुुर नगरपालिकाको उपप्रमुखका रुपमा आइतबार औपचारिक शपथ लिएपछि रासससँग संक्षिप्त कुुरा गर्दै उपप्रमुख महतोले जनताको विश्वासलाई विकासको लहर ल्याएर मूर्त रुप दिने बताए । उनका श्रीमान् मनरुप महतोले सशस्त्र द्वन्द्वकालमा शहादत प्राप्त गरेका थिए ।

जिल्लामै पिछडिएको नगरपालिका फतुुआ विजयपुुरमा दलित, गरिब, विपन्न र महिलाका लागि विशेष योजना ल्याई नेतृत्व तहमा पुुर्याउने दृढता पनि उनले व्यक्त गरे ।

आफू शहीद पत्नीमात्र नभई अति विपन्न तथा जनजातिबाट माओवादी कार्यकर्ताका रुपमा नेतृत्व गर्दै आएकाले उनीहरुको पीडा र समस्याबारे जानकार रहेको उपप्रमुख महतोले प्रष्ट पारे ।

फतुुआ विजयपुुर नपा–११ भैंसहीटोल घर भएका महतोले लामो समय माओवादीमा महिलाको जिल्ला अध्यक्षका रुपमा रहेर काम गरिसकेकी छिन् । हाल उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य छन् ।

माओवादीद्वारा सञ्चालित सशस्त्र संघर्षमा प्रत्यक्षरुपमा लागेका महतोका श्रीमान् मनरुप महतोको २०५७ साल मंसिर ७ गते हालको बृन्दावन नगरपालिका तोरीबारीमा बम बनाउने क्रममा आफैँ विष्फोट भएर मृत्युु भएको थियो ।

महतो रौतहटमा माओवादीका प्रथम शहीद थिए । श्रीमानकाे मृत्युुपछि केही समय घरमा बसेका महतो भारतको पटनामा अध्यक्ष पुुष्पकमल दाहालसँगको भेटपछि पार्टी कार्यकर्ताका रुपमा सक्रिय रहँदै आएको उनले बताइन् ।

पहाडमा कैयौँ ठाउँमा भएको भिडन्तमा खटेको र रौतहटको इलाका प्रहरी कार्यालय कटहरियामाथि आक्रमण गर्दा पनि आफूले एउटा मोर्चा सम्हालेको स्मरण उनीसँग छ ।

दुुईदशक लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा फतुुआ विजयपुुर नगरपालिकामा महतोले नेपाली काँग्रेसका अम्बेया खातुुनलाई पराजित गरेकी हुन् ।

फतुुआ विजयपुुर नपामा प्रमुखमा नेपाली काँग्रेसका गोपाल यादव विजयी भएकाे छ। उपप्रमुखमा कान्तिदेवीसहित माओवादी केन्द्रका उम्मेदवार पाँच वडामा अध्यक्ष पदमा विजयी भएका छन्।