धरान/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक नेपाल भ्रमणमा आउने भएका छन् । कात्तिकको पहिलो साता प्रम मोदी नेपाली आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रम मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त आयोजना भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको हो । उनी आउने मिति र नेपालमा बस्ने अवधिबारे भने आधिकारिक निर्णय नभइसकेको बताइएको छ । प्रम शेरबहादुर देउवाले समकक्षी मोदीलाई औपचारिक निम्तो दिइसकेको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । त्यसो त, मोदी प्रम भएलगत्तै नेपाल भ्रमण आएका थिए । त्यसको तीन महिना पछि नेपालमा सम्प्न्न १८ औं शार्क शिखर सम्मेलनमा सहभागी हुन उनी २०७१ सालमा कामामाडौं आएका थिए । यो बीचमा भारतीय नाकाबन्दीपछि मोदी सबत्र आलोचितसमेत बनेका थिए । संविधान जारी भएलगत्तै असन्तुष्ट बनेको भारतले करिव ६ महिना अघोषित रुपमा नाकाबन्दी गरेपछि नेपालीहरुले मोदीविरुद्ध सामाजिक सञ्जाल लगायतमा मोदी ट्रेन्ङिङ नै चलाएका थिए ।