धरान/अमेरिकन संगीतकार टोम पिटीको ६६ वर्षको उमेरमा निधन भएको छ । अमेरिकास्थित क्यार्लिफोनियामा सोमबार निधन भएको हो । उनी मुटुको समस्या भएका पिटीलाई उनको परिवारले अचेत अवस्थामा सोमबार बिहान फेला पारेको थियो । उनलाई अस्पताल पु¥याइएपछि साँझ उनको मृत्यु भएको परिवारले पुष्टी गरेको बीबीसीले जनाएको छ । उनका साथीहरुले उनको निधनपछि शोक व्यक्त गरेका छन् । उनीहरुले आफूहरुलाई विश्वास नै नलाग्ने गरी घटना भएकोप्रति समवेदना प्रकट गरेका छन् । उनी गायनमा पनि नेतृत्व गर्दै आइरहेका थिए । सन् १९५०मा जन्मिएका पिटी ‘ट्राभलिङ विलिङ्स ग्रुप’ को सहायक संस्थापकसमेत हुन् । उक्त ग्रुप १९८० मा स्थापना गरिएको थियो । उक्त समूहमा बव डायलन, रोय ओरर्विसन, जेफ लेनी, गोर्जे ह्यारिसनसमेत रहेका थिए । ववले उनको मृत्युले शोकमा पारेको बताएका छन् ।