वि.सं. २०७४ साल असोज १९ गते। बिहीबार। इश्वी सन् २०१७ अक्टोबर ५ तारिख। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– पूर्णिमा, २४:०७ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। तापनि पहिलेका कमजोरी सच्याउने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूले भने दु:ख दिन सक्छन्, सजग रहनुहोला। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु कामले अल्झाउन सक्छ। आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ। लेनदेनमा विवाद हुन सक्छ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। तापनि मिहिनेतले सफलता दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। गृहस्थीले मनमा आनन्द दिलाउनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्, धनमाल सुरक्षामा ध्यान दिनुहोला। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। मिहिनेतले सफलता दिलाउनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। मिहिनेतले फाइदा दिलाउनेछ। बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन होला। आजको कामबाट दिगो फाइदा हुनेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा नहुन सक्छ। दाजुभाइमा असमझदारी देखापर्न सक्छ। सोखले खर्च गराउने समय भएकाले उठेको आम्दानी सञ्चय गर्न नसकिएला। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। कर्यक्षेत्रमा हूलमूल बढ्नाले काममा समस्या पर्ला। खानपानको असावधानीले स्वास्थ्य कमजोर रहनेछ। शक्तिका लागि धाउनेहरूबाट सजग रहनुपर्ला। सरकारी कामकाजमा अलमल हुन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला। (नेपाली पात्रो)