धरान/धरानलाई प्रदेश नं १ को राजधानि बनाउन सरकारद्धार गठित समितीमा धरानको तर्फबाट पनि ज्ञापन पत्र बुझाइएको छ । धरानबाट गएको टोलि र धरान सरोकार समाज काठमाण्डौका अध्यक्ष प्रभु श्रेष्ठको नेतृत्वमा गएको टोलिले आईतबार समिती समक्ष ज्ञापन पत्र बुझाएको हो ।

 धरानलाई प्रदेश १ को राजधानी कायम गर्न माग गर्दै आइतवार राजधानी काठमाण्डौमा सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेत लाई ज्ञापनपत्र बुझाईएको छ ।

माओवादी केन्दका पोलिट ब्युरो सदस्य मुक्सामहाङ मेन्याङबो(मुकेश)को नेतृत्वमा धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ सहित धरानका प्रबुद्ध व्याक्तिहरुको प्रतिनिधि मण्डलले अधिकार सम्पन्न संघीय प्रशासनिक पुन संरचना समितीको अध्यक्ष मन्त्री बस्नेतलाई सिंहदर स्थीत कार्यकक्षमा भेटी ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा धरान प्रदेशको राजधानी बनाउन सवैलाई पायक पर्ने, धरानको विजयपुर ४ सयवर्ष अगाडी देखी राजधानी रहेको तथा पन्चायतकालमा समेत अन्चल सदरमुकाम रहेको कारण प्रदेशको राजधानी बनाउनु पर्ने उल्लेख छ ।

ज्ञापनपत्रमा संघीय तथा प्रादेशिक प्रशासन सम्बन्धी पुनर्संरचना गर्दै प्रदेश १ को प्रशासनिक केन्द्र (राजधानी) समेत यसै समितिले निर्धारण गरी सिफारिस गर्ने हँुदा १ नम्बर प्रदेशका सवै नागरिकहरुलाई पायक पर्ने ऐतिहासिक नगरी धरानलाई राजधानीको लागी सफिारिस गर्न माग गरिएको छ । धरान पूर्वाञ्चलकै ऐतिहासिक नगर हो ।

इतिहासको धरोहर विजयपुर राज्यको काखमा अवस्थित धरान सबै कोणबाट प्रदेशको राजधानी बनाउन उपयुक्त छ । ऐतिहासिक कालखण्डको राज्यको राजधानी, विगत पञ्चायतकालमा कोशीअञ्चलको सदरमुकाम र वेलायती सेनाको भर्ति केन्द्र (ब्रिटिश ागोर्खा डिपो)को स्थापनाले पनि यो नगर पूर्वाञ्चलको महत्वपूर्ण प्रशासनिक इकाइको रुपमा रहेको स्मरण गराइएको छ ।

२०४५ सालको भूकम्पले झण्डै मृत शहरको रुपमा यो नगरलाइ परिणत गरेको थियो । अञ्चल सदरमुकाम पञ्चायतकालमै विस्थापित भैसकेको थियो । जिल्लाको सदरमुकाम पनि अन्यत्र थियो ।

शहर लाइ गुल्जार गराउन विभिन्न प्रयास भए पनि विगतमा सरकारी उदासिनताको कारण यो शहर अलगथलग रहन पुग्यो । वर्तमानमा यो शहर आवासिय नगरको रुपमा मात्र रहेकोले नगरको ऐतिहासिकता जोगाउन र वर्तमानमा प्रदेश १ को समानुपातिक विकास गराउन प्रदेशको राजधानी बनाउन उपयुक्त हुने दावी गरिएको छ ।

 प्रादेशिक राजधानी बनाउने जस्तो सम्बेदनशिल विषयमा गम्भीर अध्ययन अनुसन्धान गरी प्रशासनिक सुगमता, भौतिक पूर्वाधार, जनसाधारणको पहुच र समान क्षेत्रीय विकास आदिलाइ ध्यान दिइ धरानलाइ प्रदेशको राजधानी तोक्न यो स्मरण गराइएको छ ।

ज्ञापनपत्र बुझदै मन्त्री बस्नतेलले धरानलाई प्रदेशको राजधानी बनाउन औपचारिक माग भई आएकोले यसलाई औचारिक छलफलमा लैजाने बताएको प्रतिनिधि मण्डलका संयोजक मुक्साम हाङ मेन्याङबोले बताए ।