धरान/उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तहरुले एक चिकित्सकमाथि हातपात गरेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरु आन्दोलित बनेका छन् । [caption id="attachment_57186" align="alignnone" width="1238"] यता चिकित्सकहरु आन्दोलित बनिरहँदा भने लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका आफन्तहरुले प्रतिष्ठान प्रशासनसँग छलफलपछि शव बुझेको छ । विरामीका आफन्त र प्रतिष्ठान प्रशासनबीच सोमबार साढे ११ बजे छलफल बसेको थियो । छलफलमा प्रतिष्ठानले मृतक डम्बरबहादुर बराइलीको शव बराहक्षेत्र–२ पुनर्वास पु¥याउन शववाहनको व्यवस्था गरिदिने र मृतकका आफन्तले तिर्न बाँकी रहेको शुल्क मिनाहा गरिदिने छलफलमा सहभागी पत्रकार दिनेश गजमेरले बताए । [/caption] तर, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी (जेआरडब्लुएस) मा आवद्ध आवसीय चिकित्सकहरुले धर्ना कार्यक्रम गर्दै सोमबारदेखि नै ओपिडी बहिस्कार गरेका छन् । जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी (जेआरडब्लुएस) ले छलफलकै क्रममा विज्ञप्ति निकालेर आन्दोलनको घोषणा गरेको पत्रकार गजमेरले बताए । ७२ वर्षीय बराइली बिहीबार भर्ना भएका थिए । मुटुको समस्या भएका उनको शनिबार प्रा.डा. सञ्जिव शर्माको नेतृत्वमा मुटुको भल्भको सफल उपचार गरिएको आफन्त बताउछन् । सामान्य हिडडुल गर्न सक्ने अवस्थाका उनलाई आइतबार एक्कासी आइसियुमा राख्नु पर्ने अवस्था सिर्जना भएको र रातको १० बजे मृत्यु भएको छोरा गणेश बराइलीले बताए । विरामी गम्भीर बनेपछि अर्थात् मृत्यु हुनुभन्दा करिव २ घण्टा अघि मात्रै उपचारमा संलग्न चिकित्कसहरुले विरामी अन्तै लिएर जानको लागि भनेपछि के समस्या भएको हो भनेर सोध्ने क्रममा चिकित्सकले आफूमाथि हातपात गरेको आरोप लगाएको उनले बताए । यता जेआरडब्लुएसका अध्यक्ष जीवनाथ धमलाले सघनकक्षमा उपचार भइरहेको समयमा विरामी एक्कासी गम्भीर भयो भनेर जानकारी गराउ“दा सघन कक्षमा छिरेर रेजिडेन्ट प्रदीप मण्डलमाथि हातपात गरेको आरोप लगाए । उनले भने, ‘कुटपिट गर्दै विभागका डाक्टरहरुलाई ठेलठाल गर्ने प्रयास गरे ।’ कुटपिट गरेको विषयमा छोरा गणेशले छलफलमा क्रममा पनि प्रष्टाएका थिए । उनले भनेका थिए, ‘आफूले हातपात गरेको पुष्टी भए“ जस्तोसुकै कारबाही भोग्न तयार छु । तर, नर्स, चिकित्सकले गरेको लापरबाहीको विषयमा पनि कारबाही हुनुपर्छ ।’ यता मेडिसिन विभागका जुनियर रेजिडेन्टहरु सोमबार २ बजेदेखि जिओपिडी अघि धर्ना बसेको अस्पतालका सहायक निर्देशक डा. पप्पु रिजालले पनि पुष्टी गरे । उनका अनुसार ओपिडीमा सहभागी नहुने, कारबाही हुनु पर्ने मागसहितको ज्ञापन पत्र प्रतिष्ठानका प्रमुखहरुलाई दिएका छन् । रेजिडेन्ट अध्यक्ष धमलाले भने, ‘हामीले आकस्मिक बाहेक सबै सेवा आजैदेखि छाड्यौं । कुटपिटमा संलग्नलाई तुरुन्त कारबाही अघि बढाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले अस्पतालमा कार्यरत चिकित्सकहरुमाथि हातपात हुनु भनेको सिकिस्त विरामी हेर्न डराउनु पर्ने अवस्था सिर्जना गरेको बताए । रेजिडेन्टले मंगलबार ओपिडी सेवा बहिस्कार गर्दै इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालयमा कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाइने बताएको छ । रेजिडेन्टले हस्पिटलजस्तो संवेदनशील क्षेत्रमा कार्यरत कुनै पनि स्वास्थ्यकर्मी तथा अस्पताल तोडफोड पु¥याउनेहरुलाई विना धरौटी जेल चलान हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाउन लागेको हो ।