वि.सं. २०७४ साल असोज २४ गते। मंगलबार। इश्वी सन् २०१७ अक्टोबर १० तारिख। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– पञ्चमी, १४:५९ बजेउप्रान्त षष्ठी।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको आलोचना गर्दा आफैंलाई हानि होला। असंयम व्यवहारले शुभचिन्तकहरू टाढिन सक्छन्। व्यापारमा त्यति समय दिन नसकिएला। लाभांश कममात्र मिल्नेछ। पहिलेका सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आँट गर्न नसक्दा काममा पछि परिनेछ। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। समाजमा आफ्ना कमजोरीको आलोचना हुन सक्छ, सजग रहनुहोला। विगतका कमजोरीलाई सुधार गर्ने मौका भने पाइनेछ।बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। विश्वासपात्रमाथि अविश्वास जाग्न सक्छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) आफ्नै बेहोसीले नोक्सान पुर्याउला। बलजफ्तीले पछिसम्म बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। बलजफ्ती गर्दा काम बिग्रन सक्छ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको थोरै मूल्य मात्र प्राप्त हुने समय छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) तारिफयोग्य कामको चर्चा हुनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सफल भइनेछ। पछिका लागि काममा जग बसाउने मौका छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले मात्र काम सफल नहुन सक्छ। परिबन्धले अप्ठ्यारो स्थिति समेत निम्त्याउन सक्छ। समस्या दर्साउँदा आफन्तले पनि साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। गोपनीयतामा विशेष ध्यान दिनुपर्ला। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। अतिथिका रूपमा सम्मान समेत प्राप्त हुनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) अवसरले पछ्याए पनि परिस्थितिवश पछि परिएला। काममा समय दिन नसक्दा लक्ष्य प्राप्ति नहुन सक्छ। प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मिहिनेतले अवसर दिलाउनेछ। समस्याका बीच टाढाको यात्रा हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) अवसरले पछ्याए पनि परिस्थितिले अलमल्याउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिए पनि पहिलेको सफलताले हौसला जगाउनेछ। तत्काल सहयोगीहरू नजुट्नाले कामलाई केही समय प्रतीक्षा गर्नुपर्ला। बौद्धिक प्रतिस्पर्धामा गुरुजनको मार्गदर्शन लाभदायक रहनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि सहयोगीहरूको साथ भने पाइनेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।