सुपरस्टार सलमान खान आफ्नी बहिनी अर्पिता खानको पति आयुष शर्मालाई बलिउडमा लञ्च गर्दैछन् । सलमानले ट्वीट गर्दै आयुषलाई बधाई सँगै कडा मिहिनेत गर्न सल्लाह दिएका छन् । आयुषको बलिउड डेब्यूलाई लिएर उनकी श्रीमति अर्पिता निकै खुसी छिन् । अर्पिताले ट्विटरमा खुसी साट्दै लेखेकी छिन्, 'म खुसी र उत्सुक छु । मलाई विश्वास छ कि तिमीले हामी सबैलाई गर्व महशुस गराउने छौ ।' आयुष सलमानको प्रोडक्शन हाउस सलमान खान फिल्म्स (एसकेएफ) बाट हिन्दी फिल्म इन्डस्ट्रीमा पाइला राख्न लागेका हुन् । आयुषको यो कदमलाई सलमान, रितेश देशमुख, सोनम कपूर, करण जौहर, अरबाज खान, वरुण धवन र सोहा अली खानले स्वागत गरेका छन् । आयुषको डेब्यू फिल्मको निर्देशन अभिषेक मीनावालाले गर्नेछन् । फिल्मको नाम भने अहिलेसम्म तय भएको छैन । लभस्टोरी कथावस्तुमा निर्माण हुने यो फिल्म गुजरातमाथी आधारित छ । यस फिल्मको तयारीका लागि आयुषले अहिले डान्स र एक्सनको ट्रेनिङ लिइरहेको बताइएको छ । खबरका अनुसार, यो फिल्ममा आयुषले अभिनेता सैफ अली खानकी छोरी सारासँग रोमान्स गर्नेछन् ।