बिर्तामोड । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्वर ३ बाट चुनाव नलड्ने भनेर चलाइएको हल्ला प्रायोजित भएको नेपाली कांग्रेस झापाले जनाएको छ । झापा क्षेत्र नम्वर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताए । सिटौलाले झापा क्षेत्र नम्वर ३ वाट नै प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको चुनाव लड्ने दावी गरेका छन् । कांग्रेस पूर्व महामन्त्री सिटौलाले गठवन्धनमा सहभागी हुन चाहनेले माग राख्नु स्वभाविक भएपनि कार्यदलको वैठकले झापाको क्षेत्र नम्वर ३ राप्रपालाई छाड्ने विषयमा निर्णय नगरेको बताए । कांग्रेसका उम्मेदवार छनौट गर्ने र टिकट वितरण गर्ने संसदीय वोर्ड नै गठन नभएको अवस्थामा क्षेत्र नै छाडेको भनेर चलाइएको हल्लाको भ्रममा नपर्न सिटौलाले आम मतदातालाई अपिल गरेका छन् । २०५१ सालको मध्यावधी निर्वाचन , २०५६ को आम निर्वाचन र २०७० को संविधान सभा निर्वाचनमा सिटौला झापा क्षेत्र नम्वर ३ वाट लगातार ३ पटक निर्वाचित भएका थिए । सिटौलाले लगातार चुनाव जित्दै आएको झापा क्षेत्र नम्वर ३ बाट आगामी मंसीर २१ गते हुने संसदको चुनावमा सिटौला उम्मेदवार नवन्ने हल्ला चलाइएपछि झापामा सनसनीपूर्ण राजनीतिक तरङ्ग पैदा भएको छ । सिटौलालाई जोडेर चलाइएको हल्लाको भ्रममा नपर्न काँग्रेस क्षेत्र नम्बर ३ का क्षत्रीय सभापती गणेश पोखरेलले पत्रकारले सम्बनिधत व्यत्तिलाइनै नसोधि भ्रामक र कपोकल्पित समचार बनाउनु पत्रकारिताको धर्म नभएको बताए । कुनै वैठक तथा छलफलनै नभइ समाचार बाहिर ल्याउनु कसैको प्रायोजित भएको जनाएका छन् ।