एसएमएस मार्फत पाँचलाख माग गर्ने व्यक्तिलाई बिर्तामोडका डिएसपी राजकुमार सिलवालले उन्मुत्ति दिने प्रयास

ब्लाष्ट खबर


झापा । एसएमएस मार्फत पाँचलाख रुपैयाँ माग गर्ने एक व्यक्तिलाई बिर्तामोडका डिएसपी राजकुमार सिलवालले कारवाही गर्न आनाकानी गरेका छन्
दुई छोरा छोरी आफ्नो नियन्त्रणमा लिएको बताउँदै तिनका आमासंग हल्ला गरे जे पनि गर्न सक्ने धम्की दिने ति व्यक्तिलाई डिएसपी सिलवालले उन्मुक्ति दिन लागेको बुझिएको छ ।
डिएसपी सिलवालले घटनाका दोषीलाई कारवाहीका लागि पीडित पक्षले दिएको किटानी जाहेरी लिन इन्कार गरेका छन् । बरु मिल्न दवाब दिएका छन् । घटना असोज १२ गते अस्टमीका दिनको हो ।
घटना विवरण अनुसार अस्टमीका दिन बिर्तामोड नगरपालिका – २ चैतुवारीका धनश्याम पौडेल (पुरोहित)सोही ठाउँ निवासी टेकनाथ न्यौपानेको घरमा छोरीको विवाह गराउन गएका थिए । सो क्रममा उनले न्यौपानेको घरमा मोवाइल चार्जमा राखेका थिए । चार्ज रहेको मोवाइलबाट ९८१५९३०९३३ नम्वरको सिम चोरी भएको थियो । चोरिएको सिम कार्डबाट १३ गते नवमीका दिन दिउँसो १वजेर४१ मिनेटमा विमला सिलवालको ९८१७०७८०१४ नम्वरको मोवाइलमा पाँचलाख रुपैयाँ माग्दै धम्कीपूर्ण एसएमएस आएको थियो ।
एसएमएस आएपछि सिलवाल परिवार त्रसिद बन्यो । उता चार्जमा राखेको मोवाइलबाट सिम हराएपछि पौडेल समेत चिन्तित बनेका थिए । धम्कीपूर्ण एसएमएस आएपछि सिलवाल परिवारले प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीले सो क्रममा सिम धनी पौडेललाई नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि उनले सो सिम प्रयोग गरेर त्यस प्रकारको एसएमएस नपठाएको खुलेको थियो ।
बिर्तामोड – २ का दिवस दाहाल सो कार्यमा सम्लग्न रहेको अभियोगमा प्रहरीले उनलाई अहिले नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा रहेका दाहाल विरुद्ध उजुरी गर्न पुगेका विमला सिलवालका अभिभावको जाहेरी डिएसपी सिलवालले नलिएको उनका श्रीमान् वेनुप्रसाद सिलवालले बताए । घटनामा सम्लग्न भएको दिवसले स्वीकारी रहपनि डिएसपी सिलवाल जाहेरी लिन नमानेको उनको आरोप छ ।
पटक – पटक जाहेरी लिन आग्रह गरेपनि डिएसपी सिलवालले जाहेरी नलिएपछि आफूहरु बाध्य भएर घर फर्किएको उनले बताएका छन् । श्रीमतीलाई धम्कीपूर्ण शव्द प्रयोग गरेर पठाएको एसएमएस सहित जाहेरी गर्न जाँदापनि प्रमाण भएन भन्दै डिएसपीले घटना सामान्य हो मिल्न उपयुक्त हुन्छ तपाइहरु मिल्नुहोस् भन्दै उल्टै हामीलाई मिल्न दवाव दिएको उनिहरुले गुनासो गरेका छन् ।
यता डिएसपी सिलवालले उक्त घटना सामान्य भएको बताएका छन् । उनले एसएमएस मात्र यथेष्ट प्रमाण होइन,प्रमाण सहित आए २४ घण्टा भित्र कारवाही गर्न आफू तयार रहेको बताएका छन् ।
सिलवालले यस अघि पनि अर्जुनधारा ११ का ११ वर्षीय वालक लक्ष्मण सिवाकोटीको हत्यामा सम्लग्न भएको अभियोगमा परेको किटानी जाहेरी लिन मानेका थिएनन् । स्थानीय र मृतकका आफन्तको चर्काे दवावपछि मात्र पोखरेल परिवार विरुद्ध परेको किटानी जाहेरी इलाका प्रहरी कार्यालय बिर्तामोडले दर्ता गरेको थियो ।

ताजा अपडेट