झापा । आपूर्ति मन्त्री शिवकुमार मण्डल भोली (शुक्रवार) झापा आउने भएका छन् । झापाको कचनकवल गाउँपालिकास्थित कचनकवल शहिद स्मृति प्रतिष्ठानको बार्षिक सधारसभा र रक्तदान कार्यक्रमलाई सम्बोधन गर्न आपूर्ति मन्त्री मण्डल झापा आउन लागेको माओवादी केन्द्रका प्रादेशिक क्षेत्र प्रमुृख डिल्ली घिमिरे (हिक्मत)ले जानकारी दिए । झापा क्षेत्र नम्बर ३ का शहिदहरुको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानको कार्यक्रम सामुदायिक भवन बनियानीमा हुने कार्यक्रम संयोजक मोती राजवंशीले जानकारी दिए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको र कार्यक्रममा माओवादी पार्टीका जिल्लादेखि केन्द्रिय नेताहरुको सहभागिता रहेन जनाइएको छ ।