इटहरी/भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाशप्रसाद पोखरेल १ लाख रूपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पोखरेललाई आज पक्राउ गरेको हो । पोखरेलले मोही मुद्दा लडिरहेका व्यक्तिसँग घुस लिएको अख्तियार इटहरीका एसपी किसनसिंह थापाले जानकारी दिए । पोखरेलमाथी थप अनुसन्धान थालिएको उनले जानकारी दिए ।