भद्रपुर । ग्राहक बनेर सुन पसलमा आएका एक व्यक्तिले सुनका गहना लिएर फरार भएका छन् । झापाको विर्तामोड नगरपालिका ५ मा सञ्चालित अष्टलक्ष्मी ज्वेर्लसको पसलवाट गहना लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विवाहको लागि सुनका गहना चाहियो भन्दै हेर्न आएका व्यक्तिले दुइ थान सिक्री र एक थान औठी लिएर विहीवार दिउँसो अनटेष्ट लेखिएको मोटरसाइकलमा फरार भएको जिल्ला प्रहरी कार्यालयका एसपी विष्णु कुमार केसीले जनाए । पसलमा सिसी क्यामेरा नभएकोले चोरको पहिचानमा केहि समस्या हुनसक्ने एसपी केसीको भनाइ छ । विहान गहना हेर्न आएको र पुनः दिउँसो पनि गहना हेर्ने भन्दै गहना हात पर्ने वित्तिकै लिएर भागेको सञ्चालक राजेश बराइलीले बताए । फरार रहेको व्यक्ति सडकमा नभइ अन्यत्र हुनसक्ने भएकोले साधा पोशाकमा प्रहरी परिचालन गरि खोजी कार्य तिब्र पारिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले जनाएका छन् ।