काठमाडौं /विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा हङकङले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको छ ।

ओपनर सागर पुन मात्र ३ रनमा आउट भएका छन्, जतिबेला टिमको स्कोर १० रन छ । तान्वीर अफजलको बलमा इशान खानको हातबाट सागर क्याच आउट हुन पुगे । नेपालले ५ ओभर सकिँदा १ विकेट गुमाएर १० रन बनाएको छ ।

नेपाल लामो समयदेखि भरपर्दो ओपनिङ जोडीको खोजीमा छ । यस पटक पनि नेपालले दमदार सुरुवात गर्न सकेन ।

क्रिजमा कप्तान पारस खड्का आएका छन् । कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शनले नै आजको खेलमा नेपालको जितरहार निर्धारण हुनेछ ।

तेस्रो नम्बरका ब्याट्सम्यान शरद भेषावर हङकङ पुग्दा अस्वस्थ भएपछि नेपालले कप्तान पारसलाई पठाएको हो ।