झापा/ दार्जिलिंगमा पुन हिंसा भड्किएको छ ।

आज विहान दार्जिलिंग तकभर क्षेत्रमा सुरक्षाकर्मी र विमल गुरुङ पक्षका आनेदोलनकारी विच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ ।

विमल गुरुङलाई लक्षित गरी सुरक्षाकर्मीले आज विहानैदेखि खोजी अभियान तीव्र पारेको थियो ।  झडपमा मारिएका आन्दोलनकारीको सनाखत भएको छैन । घटनामा दर्जन वढी घाइते छन् भने आन्दोलनकारीले सुरक्षाकर्मीको गाड़ी पनि तोडफोड गरेका छन् । झडप अझै जारी छ ।