काठमाडौं/आर्थिक समृद्धि लघु वित्तीय संस्थाको प्रथम साधारणसभाले चार बराबर एक कित्ता संस्थापक शेयरधनीहरुलाई शेयर निष्कासन गर्ने निर्णय छ ।

तनहुँको भानु–१ मा केन्द्रिय कार्यालय रहेको लघु वित्त संस्थाको चुक्ता पूँजी रु दुई करोड ४५ लाख रहेको छ । संस्थापक शेयरधनीहरुलाई हकप्रद शेयर निष्कासन पश्चात २५ प्रतिशत पुँजी वृद्धि हुने आर्थिक समृद्धि लघुवित्तका कार्यकारी अधिकृत ज्योतिप्रसाद कण्डेलले बताए ।

साधारणसभाले संचालक समितिको संरचना ९ जनाबाट घटाई ७ जना रहने गरी प्रबन्धपत्र तथा नियमावली २०७३ लाई संशोधन गर्ने निर्णय पनि गरेको छ । संस्थाले पश्चिमाञ्चलका १० जिल्लालाई कार्यक्षेत्र अनुमति साथै संचालन अनुमति प्राप्त गरेको छ । साधारण सभाले मंसिर मसान्तभित्र १० शाखा संचालन गर्ने निर्णय पनि गरेको छ ।

विपन्न नागरिकहरुलाई सहज र सुलभ तरिकाले निक्षेप संकलन तथा कर्जा प्रवाह गरिने संस्थाका अध्यक्ष डा. एकनारायण चापागाईँ बताए । चापागाई गैरआवासीय नेपाली हुन् ।

राताेपार्टी