पहिचान,सार्मथ्य ,पूर्वाधर ,सुरक्षा र ऐतिहासिकताको आधारमा धनकुटालाई प्रेदेश नं. १ को राजधानी बनाउन ज्ञापन पत्र

सन्तवीर लामा

धनकुटा/ सार्मथ्य,सुरक्षा,पूर्वाधर,सुन्दरता,पहिचान र ऐतिहासिकताको आधारमा धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउनु पर्ने एक सुत्रिय माग राख्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई धनकुटेली जनताको तर्फवाट ज्ञापन पत्र पठाइएको छ ।

धनकुटेली नागरिक समाज, धनकुटा वजार व्यावस्थापन समिति र स्थानिय सरोकारवाला संघ–संस्थाहरुको आपसी समन्वय गठित संघर्ष समितिले धनकुटा प्रादेशिक राजधानी हुनु पर्ने माग राख्दै प्रजिअ प्रेम प्रकास उप्रेती मार्फत ज्ञापन पत्र पठाएका हुन । उनीहरुले शुक्रवार नै क्षेत्रिय प्रशासन कार्यालय धनकुटाका निमिक्त कार्यालय प्रमुख नरवहादुर भुजेल मार्फत ज्ञापन पत्र प्रधानमन्त्रिलाई पठाएका छन् । सो अवसरमा ज्ञापन पत्र धनकुटा वजार व्यावस्थापन समितिका अध्यक्ष एवं संघर्ष समितिका संयोजक विप्लव श्रेष्ठले प्रदान गरेका थिए ।

प्रेशित ज्ञापन पत्रमा ऐतिहाँसिक, भौगालिक, सामाजिक सुरक्षा, सामथ्र्य,सुन्दरता र अन्य विभिन्न ४ आधारहरु समेतको आधारमा धनकुटालाई प्रदेश नम्वर १ को राजधानी बनाउन उपयूक्त रहेको उल्लेख छ । धनकुटा वि.सं.१८८५ देखि पुर्वाञ्चलको प्रशासनिक केन्द्र रहेको र वर्तमानमा पनि क्षेत्रीय स्तरको ४ सयको हाराहारीमा सरकारी कार्यालयहरु रहेको, भौतिक सुरक्षा र प्रशासनिक केन्द्रको हिसावले पनि धनकुटा सक्षम रहेको वताइएको छ ।

त्यसैगरी धनकुटामा नेपाल सरकारको नाममा रहेको ६ हजार ५ सय रोपनी जग्गामा ३ सय ९४ वटा सरकारी भवनहरु चालु अवस्थामा रहेको, प्राकृतिक प्रकोप र विपत्तिको हिसावले पनि धनकुटा सुरक्षित, उत्तर दक्षिण जोड्नको लागी कोशि लोकमार्गको पहुँच, पुर्व पश्चिम जोड्नको लागी मध्य पहाडी लोकमार्गको पहुँच, समसितोष्ण हावापानी तथा शैक्षिक क्षेत्रमा समेत पुर्वमै पहुंच रहंदै आएको जस्ता आधारहरु रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

जिल्ला तहका राजनैतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, समाजिक संघ संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरु, बुद्धिजिविहरु र स्थानिय संचारकर्मीहरु समेत सहभागीतामा धनकुटालाई प्रादेशिक राजधानी वनाउन दवाव दिने उदेश्यले ५१ सदस्यीय संघर्ष समिति विहिवार गठन गरिएको थियो । संघर्ष समितिले संचालन गर्ने कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघ धनकुटा शाखाले गर्ने संघर्ष समितिका सदस्य एवं शाखाका वरिष्ठ उपाध्यक्ष नगेन्द्र राईले वताएका छन् । उनीहरुले धनकुटा ऐतिहासिक पहिचानको आधारमा पनि किराँत र लिम्वुवानको संगम स्थल भएकाले पनि प्रादेशिक राजधानी धनकुटा हुनु पर्नेमा जोड दिएका छन् ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको कोण सभामा नेपाली कांग्रेसका नेता एवं जिल्ला वारका अध्यक्ष आनन्द सन्तोषी राई, सामाजिक संघ संस्थाहरुको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष खगेन्द्र घिमिरे, बुद्धिजिविहरुको तर्फवाट जनार्दन गोठाले, नागरिक समाजको तर्फवाट द्रोर्ण प्रसाद गुरागाँई लगायतले “धनकुटा प्रदेशको राजधानी नतोकिएको होईन, राजधानी खोसिन खोजिएको” वताउँदै राजधानी स्थापना गर्न धनकुटेली जनता जस्तो सुकै मुल्य चुकाएर भए पनि आन्दोलन गर्नुको विकल्प नरहेको औलाएका थिए ।

कार्यक्रमको संचालन आदिवासी जनजाति पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष एवं ब्लाष्टकर्मी सन्तवीर लामाले गरेका थिए । ज्ञापन पत्र वुझाउनु अघि धनकुटाको मदनचोकमा भेला भएर संघर्ष समितिको तर्फवाट जनप्रदर्शन एवं र्याली समेत आयोजना गरिएको थियो । र्यालीले वजारको विभिन्न भागको परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय र क्षेत्रिय प्रशासन कार्यालय धनकुटा पुगेको थियो ।

ताजा अपडेट