ताप्लेजुङ/सिम सिम, सिम सिम पानी, जाडो जाडो केठामा सिरक ओडेर सुत्ने खालको मौषम, तर पनि मेलिना राई स्टेजमा चढ्न साथ हुटिङले गुञ्जियो ताप्लेजुङको तोक्मेडाँडामा रहेको सैनिक व्यारेकको खेल मैदान ।

कुटुमा कुटु सुपारि दाना, कुटुमा कुटु भन्दै स्टेज उक्लिएकि मेलिना राईले करीव एक घण्टा झरीमा रुझिरहेका दर्शकलाई नचाईन ।

दिपावलीको अवसर पार्दै दोखु युवा क्लबले शुक्रबार आयोजना गरेको ‘बृहत सांस्कृतिक तथा सांगीतिक धमाका २’ मा कार्यक्रम सुरु हुन साथ पानी परे पनि गाईका राई र उपस्थित अन्य कलाकारलाई दर्शकले राम्रै साथ दिए ।

हाल चर्चमा रहेको चलचित्र २ रुपैयाँको गीत कुटुमा कुटुको प्रतिक्षामा रहेका दर्शकलाई करीब एक घण्टाको समयमा गायिका राईले कम्मर माथि पटुकी, तिम्ले बाटो फे¥यो अरे, सिरैमा सिरबन्दी, लेक फुल्ने लालिगुरास लगायतका गितहरु गाइसक्दा समेत दर्शकबाट वान्समोर को नारा गुञ्जिरहेको थियो ।

राष्ट्रिय तथा स्थानीय कलाकारलाई एकै ठाउँमा जम्मा गराएर जिल्लालाई देश विदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरीएको सो कार्यक्रममा गायिका मेलिना राई सहित गायक सुगम पोखरेल र ज्योति मगरले समेत आफ्ना चर्चित गितहरु दर्शक माझ राखेका थिए भने हास्यकलाकार कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे, सुबोध गौतम र भरतमणि पौडेलले समेत आफ्ना कला प्रदर्शन गरेको कार्यक्रम संयोजक छितिज सुनुवारले बताए ।