भद्रपुर । झापाको भद्रपुरस्थित राष्ट्र«सेवक सहकारी संस्था लिमिटेड चन्द्रगढीको १८ औ बार्षिक साधारणसभा शुक्रवार चन्द्रगढीमा सम्पन्न भएको छ । वीरेन्द्र मावि भद्रपुरको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष खडानन्द गुरागाईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ३६ हजार पुँजीबाट ३६ जना शेयर सदस्यले २०५५ साल चैत १५ गते स्थापना गरेको यस संस्थामा हाल ७ सय ९४ जना शेयर सदस्य रहेको जानकारी गराए । गत आर्थिक बर्ष ०७३।७४ मा संस्थाको शेयर पुँजी तथा दायित्व १५ करोड २१ लाख ५ हजार रहेकोमा ११ करोड ६२ लाख ३३ हजार ६ सय ६० रुपैयाको बार्षिक कारोबार भएको थियो । यसबाट संस्थालाई ८ लाख ९४ हजार २ सय ९८ रुपैया बचत भएको प्रतिवेदनमा उल्लेख छ । कर्मचारीहरुको आधिकारीक टे«ड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भुवन राई, केन्द्रीय महासचिव रेवन्त गौतम, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, शान्ति कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष देवीप्रसाद दाहाल, नेपाल निजामति कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेल लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष बशिष्ठ अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम ढकालले गरेका थिए ।