काठमाडौ/रिदम फिल्मस् प्रालिको ब्यानरको तेस्रो प्रस्तुतिमा र करण सिहको उत्पादनमा बन्न लागेको नेपाली कथानक चलचित्र छिरिङ्गको अहिले जोमसोममा धमाधम सुटिङ भईरहेको छ । लब स्टोरीमा आधारित रहेको चलचित्र छिरिङ्ग जोमसोममा नै घटेको यथार्थ घटनालाई चलचित्रको पर्दामा उतार्न लागिएको हो । चलचित्रमा चर्चित पप गायक निमा रुम्बा र नव नायिका कामना भुजेलले यस चलचित्रबाट नायिकाको रूपमा डेब्यु गर्दैछिन । चलचित्र छिरिङ्गलाई एलबी दर्नाल, सुनिल प्रधान र नवीन बस्नेतले सयुक्त रूपमा निर्माण गर्न लागेका हुन ।

१ करोड ५० लाखको छिरिङ्ग चलचित्रलाई चर्चित गायक एवम अभिनेता यश कुमारले निर्देशन गर्दैछन् । हाल नेपाली चलचित्र उद्योगका चर्चित एवम् ब्यस्त द्वन्द्व निर्देशक चन्द्र पन्तले छिरिङ्गको द्वन्द्व निर्देशन गरिरहेका छ्न । चन्द्र पन्तले केही समय पहिला हलिउडमा गएर हलिउडका चर्चित र बिश्व बिख्यात द्वन्द्व निर्देशकहरूबाट द्वन्द्व कला सिकेका थिए । नेपालबाट हलिउड गएर द्वन्द्व कला सिक्ने उनी नै पहिलो द्वन्द्व निर्देशक हुन । साथै पन्तले हलिउडको एउटा चलचित्रमा द्वन्द्व निर्देशनको अवसर समेत पाएका थिए । द्वन्द्व कला सिकेर नेपाल फर्केका चन्द्र पन्तको अहिले नेपाली सिनेमा उद्योगका साथै बलिउड, कलिउड र भोजपुरी सिनेमा उद्योगबाट डिमान्ड आईरहेको छ ।

हाल उनी भोजपुरी चलचित्रका चर्चित सुपरस्टार कास्टलाई लिएर ‘निरहुवा चललल लन्डन’ फिल्मको सुटिङमा समेत ब्यस्त रहेको छन । निरहुवा चलल्ल लन्डनको कामलाई थाती राखेर अहिले उनी नेपाली कथानक चलचित्र छिरिङ्गको द्वन्द्व निर्देशन गर्न जोमसोम पुगेका छन् । चलचित्र छिरिङ्गलाई मान कृष्ण महर्जनले छायांकन गरिरहेका छ्न, भने निर्माण ब्यवस्थापनको जिम्मेवारीमा करन सिह र रामहरि डङ्गोलको रहेको छन ।

सिनेमामा कबिराज गहतराज र गोबिन्द प्रभातको कोरियोग्राफि, नवराज शर्मामा सह निर्देशक रहेका छ्न । चलचित्र छिरिङ्गलाई पोखरा, जोमसोम, काठमाडौ र अमेरिकामा समेत छायांकन गरिने द्वन्द्व निर्देशक चन्द्र पन्तले जानकारी दिएका छ्न ।