एजेन्सी/बेलायतको लन्डनमा बस्ने मेलगोरजाता कुलजाइक नामक युवतीको कपाल यति लामो र बाक्लो छ कि उनले आफ्नै कपालको गाउन बनाएर लाज ढाक्न सक्छिन्, आपत परेको बेला ।

कुलजाइकको कपाल यति घना छ कि सायदै दुनियाँमा अरु महिलाको होला । वास्तवमा उनले ७ वर्षकी छँदादेखि नै कपाल बढाउने निर्णय गरेकी थिइन् । उनले आफ्नो कपाललाई सही लुक दिनका लागि हरेक केही महिनामा हल्का रुपमा कपाल काट्थिन् । अहिले उनले आफ्नो कपालमा घरेलु कस्मेटिक मात्र प्रयोग गर्दछिन् । उनले कपाल नुहाउनु अघि कपाललाई नरिवलको तेलले मसाज गर्छिन् अनि स्याम्पुले नुहाउँछिन् ।

पछिल्लो २ वर्षयता उनले आफ्नो कपाल मिलाउन ट्रिमिङसम्म गरेकी छैनिन् । उनको कपाल अहिले ७ फिट लामो भैसकेको छ ।

आफूलाई लामो कपालको लत बसिसकेको भन्दै कपाल छोटो बनाउने कुरा सोच्न पनि नसक्ने उनी बताउँछिन् ।

३२ वर्षकी कुलजइले आफ्नो कपाललाई नै समर्पित गर्दै एक इन्स्टाग्राम पेज पनि बनाएकी छिन् । जसमा उनले आफ्नो कपालका अनेक थरी तस्वीर तथा भिडियो पोष्ट गर्छिन् । उनको इन्स्टाग्राम पेजमा १८ महिनामै ५ हजार फलोअर्स पुगिसकेका छन् ।