पथरी /हसन्दह क्रिकेट क्लब मोरङ पथरीको वीरेन्द्रनगरमा जारी पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालोञ्ज कप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा धाइजन क्रिकेट क्लब झापालाई ७ विकेटले पराजित गर्दै हसन्दहले अन्तिम चारको यात्रा तय गरेको हो । धाईजनले दिएको ९७ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको हसन्दहले १३ दशमलब ५ ओभरमा ३ विकेट गुमाउँदै जित हात पार्यो । हसन्दहको तिमा गणेश महतोले अविजित ५८ रन बनाए ।

धाइजनका असोक सुब्बा, आर्यन यादब र असोक चौधरीले समान १-१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धाईजनले १९ दशमलब १ ओभरमा अल आउट हुँदै ९६ रनको योगफल तयार पारेको थियो । धाइजनका लागि विकास कार्कीले २६,असोक सुब्बाले १७ र अस्विन सर्माले १४ रन बनाएका थिए । धाईजनलाई मध्यम योगफलमा समेट्नका लगि लक्ष्मण झा र गणेश महतोले समान ३-३ विकेट लिए । खेलको म्यान अफ द म्याच हसन्दह क्रिकेट क्लबका गणेश महतो घोषित भए ।

प्रतियोगिता अन्तर्गत आईतबारबाट सेमिफाईनलका खेलहरु सुरु हुँदैछन् । शनिवार हुने पहिलो सेमिफाईनल खेलमा पथरी शनिश्चरे ११ र आयोजक वीरेन्द्रनगर क्रिकेट क्लब विच प्रतिस्पर्धा हुने आयोजकका सनम चौहानले जानकारी दिए ।