दक्षिण भारतीय फिल्मका सुपरस्टार 'बाहुबली'अर्थात प्रभास यतिबेला कडा निगरानीमा परेका छन् । उनी माथि कुनै पनि घटना नघटोस् भनेर कडा निगरानीमा राखिएको स्रोतले बताएको छ । प्रभासको नयाँ फिल्म ‘साहो’ को सुटिङमा उनलाई हेर्ने मानिसहरुको भीड लाग्ने भन्दै सुरक्षा कडा पारिएको हो । जानकारीका अनुसार प्रभास 'साहो'को सुटिङमा व्यस्त रहँदा मानिसहरुको उल्लेख्य भीड लाग्यो ताकि उनीहरुलाई मनपर्ने स्टारलाई नजिकबाट नियाल्न सकियोस् । 'बाहुबली'को दोस्रो भागपछि उनको फ्यान फलोइंग ह्वात्तै बढेको छ । यसैकारण सुरक्षालाई मध्यनजर गर्दै प्रभासको व्यक्तिगत सुरक्षामा पनि दुई गुणा थप गरिएको छ । फिल्मका निर्मातालाई प्रभासको लुक बाहिरिने डर निकै छ । यस साइन्स फिक्सनमा प्रभाससँगै श्रद्धा पनि देखिनेछिन् ।