- यात्रामा जानुअघि पूर्ण तयारी गर्नु आवश्यक छ । यसमा स्वास्थ्य जाँच, बजेटिङ, व्यवहार मिलाउनेजस्ता कुरा पर्छन् ।

- नजिकका साथीभाइ तथा आफन्तलाई आफू कहाँ जाँदैछु भन्ने जानकारी गराउनुपर्छ ।

- यात्राका क्रममा केही समस्या आइलागे नआत्तिई धैर्यपूर्वक त्यसको समाधानतर्फ लाग्नु बुद्धिमानी हुन्छ ।

- जहाँ गइँदै छ उक्त ठाउँको विषयमा बढीभन्दा बढी जानकारी लिनु राम्रो हुन्छ । उक्त स्थानको भौगोलिक, सांस्कृतिक, मौसमी आदि कुराका साथै त्यहाँका नियम–कानुनका विषयमा समेत जानकारी लिन सके सम्भावित असजिलो टर्नसक्छ ।

- यात्राका क्रममा कुनै अपरिचित व्यक्तिसँग घनिष्ट हुनु तथा कसैप्रति पूर्ण विश्वास गर्नु त्यति सुरक्षित मानिँदैन ।

- घरबाट निस्कनुअघि पासपोर्ट साथमा भए नभएको चेक गर्ने । फ्लाइट समय निश्चित गर्ने ।

- पासपोर्टको नाम र इ टिकटमा भएको आफ्नो नाम एउटै हुनुपर्छ, अन्यथा समस्या सिर्जना हुनसक्छ ।

- बाँकी कागजात जस्तो होटल बुकिङ, वर्क परमिट, ट्याक्सी बुकिङ आदि साथमा छ–छैन जाँच्ने ।

- घरदेखि एयरपोर्टसम्मको दूरी, ट्राफिक आदिलाई ध्यानमा राखेर फ्लाइट समयभन्दा डेढ–दुई घन्टाअघि नै पुग्ने गरी निस्कने ।

- ह्यान्डब्यागमा ट्याग लगाउने र त्यसमा प्रतिबन्धित वस्तु छैन भन्ने कुरा सुनिश्चित गर्ने ।

- इमिग्रेसनमा गएर फर्म भरी आफ्नो भिसा तथा पासपोर्ट जाँच गराउने र प्रस्थानको सही मिति पासपोर्टमा स्ट्याम्प गरे–नगरेको सुनिश्चित गर्ने ।

- सुरक्षा जाँचमा सहयोग गर्ने र आफ्नो लगेजमा सुरक्षाकर्मीले सही स्ट्याम्प लगाए–नलगाएको सुनिश्चित गर्ने ।

- आफ्नो ह्यान्डब्याग लिएर विमानमा प्रवेश गर्ने र विमानको ढोकामा भएका क्रु मेम्बरलाई बोडिङ पास देखाएर आफ्नो सीटमा गएर बस्ने ।

- विमानबाट उत्रनुपूर्व सम्बन्धित देशको इमिग्रेसन फर्म क्रु मेम्बरबाट लिई भरिराख्ने ।

- विमानबाट ओर्लिएपछि इमिग्रेसनमा गएर इमिग्रेसन फर्म तथा पासपोर्ट देखाएर बाहिर निस्कने ।

स्मार्ट प्याकिङ टिप्स

- कपडालाई पट्याउनुको सट्टा बेरेर राख्ने । यसो गर्दा कपडाले कम ठाउँ ओगट्छ ।

- स्याम्पु, लोसन, क्रिमजस्ता सामानका ठूला बट्टा नबोक्ने । यी सामान बजारमा सानाठूला हरेक आकारमा उपलब्ध छन् ।

- आफू जुन ठाउँमा गइँदै छ त्यो ठाउँका बारेमा राम्रोसँग बुझ्ने र त्यहाँ लन्ड्री सर्भिस उपलब्ध छ भने १० जोर पहिरनको साटो ५ जोर मात्र बोके पुग्छ ।

-दुवैतर्फबाट लगाउन मिल्ने ज्याकेटजस्ता दुई तरिकाले प्रयोग गर्न सकिने पहिरन प्रयोग गर्ने ।

- कहिल्यै रेन्डम प्याकिङ नगर्ने । सामानको लिस्ट बनाएर क्रमबद्ध प्याकिङ गर्ने । यसो गर्दा कुनै पनि सामान छुट्ने डर हुँदैन भने यात्रा व्यवस्थित पनि हुन्छ ।

- पहिरन राखिसकेपछि छेउकुनामा बेल्ट, मोजा, अन्डरवेयर, रुमालजस्ता सामान राख्न सकिन्छ ।

- रंग सर्ने खालका पहिरनलाई सँगै नराख्ने ।

- तेल, स्याम्पु, बडी वास एवं लोसनजस्ता तरल पदार्थ चुहिएर पहिरन बिग्रन सक्छ तसर्थ तिनलाई प्लास्टिकमा बेरेर राख्नुपर्छ ।

- साना सामानलाई प्याक गर्न जिपरयुक्त स–साना ब्याग प्रयोग गर्ने । जसमध्ये कुनैमा चार्जर, कार्ड, इयरफोन आदि त कुनैमा औषधि त कुनैमा जरुरी कागजात राख्न सकिन्छ ।