झुपडीका हस्ता अव डाक्टर

बाबुराम सुवेदी

अमरदह (मोरङं)/घरको भित्तोमा लगाएको टाटी र लिउन वर्षाद्को पानीले गलेर आधा ढली सकेको छ । घर बाहिर बा“समा सुकाएको जुट पन्साउ“दै आ“गनमा पुग्दा एक जना युवक आफ पेन्ट र गन्जी लगाएर बाहिर निस्किए ।

तस्बिरः बाबुराम सुवेदी

मोरङको अमरदह बराल टोल पश्चिममा रहेको उक्त झुपडीको दृश्य हो यो । झुपडीमा पुगेर सोधें दिनेश हस्ताको घर यही हो ? उत्तर आयो – हो । दिनेश जी हुनुहन्छ ? मै हो नि । ए हे..म तपाईलाई नै खोज्दै आएको । उनी हतारमा भित्र पसेर ट्राउजर लगाएर आए ।

अब हाम्रो कुराकानी अघि बढ्यो । पा“च जनाको परिवार वस्ने ऐलानी जग्गामा बनेको घरमा छुट्टै कोठा पनि रहेनछ । म डाक्टर पढ्दै गरेका दिनेशको खोजीमा थिए“ । मन मनै सोचें डाक्टर पढ्ने मान्छेको घर पनि यस्तो हुन्छ ? तर, विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमवीवीएस तेस्रो वर्षमा अध्ययनरत दिनेश हस्ता जन्मे हुर्केको घर यही रहेछ । निकै बेर बस्दा पनि दिनेशका बुबा जेठा हस्तास“ग भेट भएन । जेठा हस्ता घर नजिकैको खाडीमा पटुवा धुन गएका रहेछन् । ‘आफ्नो त छैन’ दिनेशले भने ‘अर्कैको पटुवा धुन बुबा खाडी जानु भएको छ ।’ यति भन्दै गर्दा आमा देवीकुमारी एक भारी घाँस बोकेर आइन् ।

सन्थाल समुदायका दिनेश हस्ताले सुगाहाट स्कुलमा ७ कक्षा सम्म पढेका रहेछन् । त्यस पछि उनी स्थानीय अमरसिंह उच्च माविमा भर्ना भए । सोही स्कुलमा उनी व्यवस्थापन विषयमा १२ कक्षा पढ्दै थिए । त्यसै बेला स्थानीय धर्मप्रसाद न्यौपानेस“ग भेट भयो । उनले भने डाक्टर पढ्छौं ? मैले कल्पनै नगरेको प्रश्न गर्दा नपत्याएर भने ‘कस्ले पढाउँछ र ?’ धर्मप्रसादलाई विराटनगर नोवेल मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले गरिब तर जेहेन्दार विद्यार्थी भेटिए डाक्टर बनाउने बताएका रहेछन् । ‘पैसा खर्च हुने भए हु“दैन भने’ आमाले भनिन् ‘कहा“बाट पैसा ल्याउनु अर्काको जग्गा कमाएर खाने मान्छे हामी ।’ पैसा लाग्दैन भने पछि छोरो विराटनगर पठाए“ । छोराले अक्षर चिने पछि ढुक्क भएकी आमा खाडी मुलुक तिर गएर दुई चार पैसा कमाउला भन्ने ठूलो उदेश्य बोकेकी रहिछन् । डाक्टरको कल्पना गर्ने कुरै भएन ।

दिनेशको पनि जिवनको खासै कुनै योजना थिएन । स्थानीय विद्यालयमा व्यवस्थापन संकायमा पढाई हुन थाले पछि १२ कक्षा बढेर त्यस पछि कामको खोजीमा विराटनगर तिर जाने तयारीमा थिए । ‘केही काम गर्दै भ्याए“ भने पढौंला भन्ने सोचाईमा थिए“ दिनेशले थपे ‘मेरो लागि सुनिल सर भगवान्नै भएर आउनु भयो, डाक्टर पढौंला भनेर सोचेको पनि थिइन ।’

धर्मप्रसादको सम्पर्कबाट डा. सुनिल शर्मासँग भेट भए पछि डाक्टर बन्नका लागि फेरि विज्ञान विषयमा प्लस टु गर्नु पर्ने भयो । दिनेश राजी भए । त्यस पछि मलाई सुनिल सरलेनै विराटनगरको कोभास कलेजमा विज्ञान विषयमा भर्ना गरिदिनु भयो । खाने बस्ने, लाउने सम्पूर्ण खर्च डा. सुनिल शर्माले नै व्यहोरे । ‘अहिले सम्म एक पैसा लागेको घरबाट खर्च गर्नु परेको छैन ।’ दिनेशले भने ‘होस्टलमा बस्छु, पढ्ने किताव र कापी पनि सरले दिनु हुन्छ, मेडमले नै (इन्दीरा शर्मा बराल डाइरेक्टर नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल) होम वर्क गर्न नया“ ल्यापटप पनि दिनु भएको छ ।’

त्यस बाहेक शस्ताले मासिक तीन हजार रुपैयाँ पनि डा. सुनिल शर्मा मार्फत पकेट खर्च पाउ“दा रहेछन् । डाक्टर बन्दै गरेका दिनेशका अनुसार प्लस टु देखि एमवीवीएस बन्दासम्मको खर्च हिसाब गर्ने हो भने एक करोडको हाराहारीमा पुग्दो रहेछ । तर, उनी यस्ता भाग्यमानी विद्यार्थी हुन् । जस्ले प्लस टु देखि एमवीवीएस तेस्रो वर्षसम्म आइ पूग्दा नत घरबाटै नै खर्च माग्नु परेको छ, नत खान, लाउन र पढ्न नै अभाव छ ।परिवारका जेठा सदस्य दिनेशका एक भाईले पढ्न छाडे । एक भाई स्नातक पढ्दैछन् । बहिनी पनि स्थानीय स्कुलमा नौ कक्षामा पढ्दै छिन् । यति वेला कलेज विदा भएका कारण उनी घर गएका हुन् ।

पछिल्लो समय पूर्वमै अध्यधिक विरामीको चाप हुने विराटनगरको नोवेल मेडिकल कलेजका सञ्चालक डा. सनिल शर्मासँग सम्पर्क गर्ने कौतुहल जाग्यो । त्यस पछि डा. सुनिल शर्मासँग फोन सम्पर्कमा कुरा भयो । ‘किन उसको (दिनेश) लागि यति धेरै खर्च गर्नु भएको ?’ डा. शर्माले भने ‘हिजो म पनि दिनेश जस्तै विपन्न मान्छे, आफ्नो जस्तै सम्झीएर ।’ कसरी ? डा. शर्मा भावनामा बगेर विस्तारै आफ्नो विगत बताए । म पनि मधुमल्लामा अर्काको घर नारायण बरालको घरमा जन्मिएको सुकुम्वासीको छोरा हु“ ।

बुबा लोकनाथ र आमा हुमादेवीले मलाई नपढाउनु भएको होइन । तर, आर्थिक अवस्था कमजोर भए पछि मैले पनि वेलवारीमा नौ महिना रिक्सा कुदाएको छु । कालिकोटका प्रेम शाहीको घरमा बसेर एसएलसी दिए“ । काठमाडौंको टिचिङ हस्पिटलमा हेल्थ असिस्टेन्ट पढ्दा रत्नपार्कमा क्यारामबोर्ड खेलाएर खर्च जुटाएको सम्झनाले पनि मलाई गरिव तथा विपन्नको प्रतिभालाई ठाउ“ दिन मन लाग्छ । बल्ल नेपाल सरकारको छात्रवृत्ती कोटामा एमवीवीएस गर्ने मौका पाए“ । मलाई मेरो बाल्यकालको समयले पनि समाज रुपान्तरणमा केही गर्न मन लाग्छ, उनले थपे ‘सायद, त्यो बाल्यकालमा पाएको दुःखले नै गरिव तथा विपन्नलाई सहयोग गर्ने उर्जा दिएको हुनु पर्छ ।’

अहिले मैले एक हजार तीन सय ६७ जनालाई रोजगारी दिएको छु । दैनिक तीन हजार विरामीको उपचार गराउने हस्पिटल बनाएका छौं । हामी आफैं डाक्टर उत्पादन गर्छौं । दिनेशलाई सन्थाल समुदायकै पहिलो डाक्टर बनाउने सपना बोकेका डा. शर्माले भने ‘झुपडीको मान्छे पनि डाक्टर हुन पाउनु पर्छ, त्यही भएर मैले उसलाई मात्र होइन, कलेजका तर्फबाट विभिन्न कोर्षमा गरी दुई सय बढी विद्यार्थीलाई निःशुल्क पढइरहेको छु ।’ डा. शर्माका अनुसार नेपाल सरकार र नोवेलको तर्फबाट चार सय बढी विद्यार्थीले पूर्ण छात्रवृत्तीमा अध्ययन गरिरहेका छन् । प्रत्येक वर्ष नोवेलको तर्फबाट तीन करोड रुपैया“ बढीको छात्रवृत्ती प्रदान गरिरहेको पनि डा. शर्माले बताए ।

डा शर्माको अथक प्रयास र सामाजिक जिम्मेवारी वोधका कारणहस्ता (सन्थाल) जस्ता विपन्न परिवार र लोपोन्मुख दलित तथा सिमान्तकृत समुदायका दुई सय विध्यार्थीहरु पुर्ण छात्रब्रत्तिमा एम.वि.वि.एस, वि डि एस, वि एस्सि नर्सिङ, सि टि ई भि टि अन्तर्गतको पारामेडिकल कोर्षहरुमा बा“तर, ऋषीदेव, मुसहर, हस्ता, वास्के, मुर्मु, मर्डी, उराव, विश्वकर्मा लगायतका समुदायबाट दुई सय जना विद्यार्थीहरु विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत गरिरहेको कलेजले जनाएको छ ।