हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिन अहिले सञ्चार माध्यममा चर्चामा रहेका छन् ।  उनको विरुद्ध हलिउडका कैयौँ अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएका छन् । अमेरिकी अभिनेत्री एन्जेलिना जोली, ग्वीनेथ पाल्त्रोव, जेनिफर लरेन्ससहित कैयौँ अभिनेत्रीले वाइनस्टिनमाथि यौन दुव्र्यवहारको आरोप लगाएका छन् । हार्वी वाइनस्टिनमाथि दिनहुँ नयाँ–नयाँ आरोप लाग्ने गरेको छ । अहिले फेरि वाइनस्टिनले ऐश्वर्या रायसँग एक्लै भेट्न चाहेको कुरा सार्वजनिक भएको छ । रायका म्यानेजरले वाइनस्टिनले एक्लै भेट्न चाहेको खुलासा गरेका छन् । अन्तर्राष्ट्रिय मञ्चमा ऐश्वर्यासँग वाइनस्टिनले धेरै पटक भेटेका छन् । ऐश्वर्याका इन्टरनेसनल ट्यालेन्ट म्यानेजरसँग वाइनस्टिनले ऐश्वर्यासँग एक्लै भेट्ने वातावरण कसरी बन्छ भनेर सोधेको बताइन्छ । तर ऐश्वर्याका म्यानेजरले कुरा अघि बढ्न दिएनन् ।