मुम्बई/ बलिउड अभिनेता बबी देओल नयाँ एक्सन थ्रिलर फिल्म ‘रेस ३’ मा सुपरस्टार सलमान खानसँग देखिने भएका छन् । बबीले ट्विट्मार्फत यस विषयमा औपचारिक जानकारी दिँदै लेखेका छन्, “म यो टीमसँग काम गर्न पाउँदा निकै खुसी महशुस गरेको छु ।’

टिप्स इन्डस्ट्रीज लिमिटेडको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्माता रमेश तौरानी हुन् । उनले केही दिन अगाडि ट्विट्मार्फत बबीलाई फिल्मको टीममा स्वागत गरेका छन् ।

तौरानीले ट्विट् गर्दै लेखे, “बबी देओल हाम्रो परिवारमा तिमीलाई स्वागत छ । सलमान खान, ज्याकलीन फर्नाडीज । ‘रेस ३’ ईद २०१८ ।”

बबीले पछिल्लो पटक अभिनेता श्रेयस तलपडेको निर्देशनमा बनेको पहिलो फिल्म ‘पोस्टर ब्वाइज’ मा आफ्नो दाई सनी देओलसँग देखिएका थिए । चर्चित कोरियोग्राफर तथा फिल्म निर्माता रेमो डीसूजा ‘रेस ३’ का निर्देशक हुन् ।