काठमाडौं /नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका एक व्यक्ति ८८ किलो सुन तस्करी प्रकरणको आरोपमा पक्राउ परेका छन् । प्रहरीले सोमबार काठमाडौंको स्वयंभूबाट रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको हो ।

उनलाई कांग्रेसले आगामी प्रनिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ । उनी नेपाल-केरुङ व्यापार संघका अध्यक्ष समेत हुन् ।

गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो । सो सुन एक चिनियाँ नागरिकको रहेको अनुमान छ ।

८८ किलो सुन काठमाडौं ल्याउन तामाङले मध्यस्तता गरेको प्रमाण फेला परेपछि पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।