तेह्रथुमक/म्याङलुङ्गमा विभिन्न कार्यक्रम गरि अन्तराष्ट्रिय ग्रामीण महिला दिवस मनाईएको छ । दिवसको अवसरमा महिला अधिकार मञ्चको आयोजनामा सदरमुकाम म्याङ्लुङमा २० देखी ४० उमेरका महिलाहरुको म्याराथुन दौड सम्पन्न भयो । दुई सय किलो मिटर दौडमा नरमाया श्रेष्ठ प्रथम, चन्द्रकला तेयुङ्ग दोश्रो र अनुसा राई तेश्रो भएका थिए । दौडमा प्रथमलाई नगद १५ सय, दोश्रोलाई १ हजार र तेश्रोलाई ५ सय पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा ईन्द्रदल गुल्मका गुल्मपति महेश्वर कार्की, प्रहरी नायव उपरिक्षक राजन भुजेलले विजेता सहभागिलाई पुरस्कार प्रदान गरेका थिए । यसै गरि मैत्रीपूर्ण महिला फूटबल प्रतियोगिता पनि म्याङलुङ्गमा सम्पन्न भएको छ । प्रतियोगितामा ४ टिमले भाग लिएका थिए ।विजयी टिमहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको थियो ।