विराटनगर/विराटनगरको ठाकुरबाडी रोडमा रहेको बिनोद ज्लेर्सको सञ्चालक विनोद साहले ग्राहकले बन्दकी राखेको सुनचाँदी लिएर फरार भएका छन ।

६ महिनादेखि बन्द भएको पसल प्रशासन, प्रहरी, जनप्रतिनिधी र स्थानियबासीको रोबहरमा सोमबार साझ पसल खोल्दा पसल भित्र फनिचरको सामाग्री बाहेक अरु केही नभएपछि बन्दकी राखेको सुनचाँदी लिएर सञ्चालक फरार भएका हुन । पसल रहेको घरेपेटी सुरेश अग्रवालले जिल्ला प्रशासनमा कोटा भाडामा दिएको पसलले ६ महिनादेखि बन्द गरेर नखोलेको भन्दै उजुरी दिएपछि प्रशासन र जनप्रतिनिधीहरुको रोबरमा ताला खोलको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार पसलको खोल्ने बितिकै बन्दकी राखेको सुनचाँदीका धनीहरु आउने क्रम सुरी भएको बताएको छ । बन्दकी राख्ने सुनचाँदीका धनिहरुलाई प्रहरीमा उजुरी गर्न आउन आग्रह गरेको छ । पसल बन्द गरेर फारर भएका साहले धेरै ग्राहकको सुनलिएर फरार भएको हुनसक्ने अनुमान गरेको छ । बन्द भएको सुन पसल प्रशासन, प्रहरी र जनप्रतिनिधीहरुको रोबरमा खोल्दै ।