दमक । झापाको ५ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले पनि प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनका लागि उम्मेदवारहरु तय गरेको छ। राप्रपा प्रजातान्त्रिकको जिल्ला समितिले जिल्लाका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिसत गरेको छ। प्रतिनिधिसभा सदस्य तर्फ क्षेत्र नम्बर १ मा घनश्याम लामिछाने, २ मा मनोजकुमार बोहोरा, ३ मा रोहितचन्द्र सिंह राजवंशी, ४ मा गजबहादुर भण्डारी र ५ मा जयबहादुर श्रेष्ठलाई उम्मेदवार सिफारिस गरिएको छ। यस्तै, प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा शिवकुमार चौहान, ‘ख’ मा दिपेश राई, क्षेत्र नम्बर २ को क मा लक्ष्मीप्रसाद ढकाल, ‘ख’ मा भने ओमप्रकश मिश्र, क्षेत्र नम्बर ३ ‘क’ मा धर्मेशचन्द्रसिंह राजवंशी, ‘ख’ मा देवेन्द्रराज कन्दङ्वा उम्मेदवार चयन भएका छन्। त्यस्तै क्षेत्र नम्बर ४ को ‘क’ मा इन्द्रबहादुर बस्नेत, ‘ख’ मा चन्द्रबहादुर योङ्या र ५ को ‘क’ मा देवेन्द्रकुमार खड्का र ‘ख’ मा विष्णुबहादुर धिमाललाई उम्मेदवार सिफारिस गरेको पार्टीले जनाएको छ।