धरान/नेपाल सर्वाधिक मत ल्याएर संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित बनेको छ । अमेरिकाको न्युयोर्कमा सोमबार साँझ भएको निर्वाचनमा नेपालले १६६ मत ल्याएर विजयी बनेको हो । परिषद्को सदस्यमा एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित कतार, पाकिस्तान र अफगानिस्तान विजयी बनेका छन् । नेपालले १६६ मत ल्याउँदा कतार १५५, पाकिस्तान १५१ र अफगानिस्तान १३० मत ल्याएका थिए । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्मा चार सदस्य एशिया प्रशान्त क्षेत्रबाट रहने व्यवस्था छ । नेपाल वीजयी भएपछि खुसी साट्दै न्यूयोर्कस्थित राष्ट्रसंघ हेर्ने नियोगमा नेपाली अधिकारी परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश बैरागीका अनुसार नेपाल पहिलो पटक सम्मानित मतका साथ परिषद्मा निर्वाचित बनेको हो ।