विराटनगर /मोरङमा सञ्चालित निजी अस्पतालहरुले नर्सहरुको राज्यले तोके अनुसारको तलब नदिने गरेको पाइएको छ । जिल्लामा अधिकाश सञ्चालित अस्पतालहरुले नर्सको तोके अनुसारको तलब नदिएको भन्दै तीन वटा टे«ड यूनिकले श्रम कार्यालय मोरङलाई ज्ञापन पत्र बुझाएको छ । विभिन्न संगठन आवद्ध तीन वटा टे«ड यूनिकले हस्पिटलहरुको अनुगमन गरि राज्यले तोके अनुसारको हस्पिटलहरुले नर्सको तलब नदिएपछि श्रम कार्यालयमा टे«ड यूनियनले मंगलबार ज्ञापन पत्र बुझाएका हुन् । टे«ड यूनियनले दिएको जानकारी अनुसार मोरङको बढीगंगा गाउँपालिकको टंकिसीनवारीमा रहेको विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, हाम्रो अस्पताल प्रा.लि, लाइभ गार्ड हस्पिटल, गोल्डेन, न्यूरो, ग्रिनक्रस, सुरक्षा, सप्तकोशी, संजीवनी, मोरङ सहकारी, ग्रीनक्रस, श्री अस्पताल, नेशनल किड्नी हस्पिटलले नेपाल सरकारले श्रम ऐनको दफा १६३ (क) अनुसार तलब नदिने गरेको नेपाल टे«ड यूनियन महासंघ प्रदेश नम्बर १ का सचिब किशोर धमालले जानकारी दिए । त्यस्तै विराटनगरका अधिकाशं आँखा अस्पतालहरुले पनि राज्यले तोकेअनुसार तलब नदिने गरेको बताइएको छ । यसरी तोकेअनुसारको तालब नदिने आँखा अस्पतालहरुमा तापडिया आँखा अस्पताल, रामलाल, विराट आँखा अस्पताल रहेको छ । तीन वटै टे«ड यूनियनले न्यूनतम बेतन लागु नगराउने हस्पिटलको निरीक्षण गरि श्रम ऐन बोमोजिम कारबाही गर्न माग समेत गरेको छ । काँग्रेस निकट रहेको नेपाल टे«ड यूनियन, एमाले निटक रहेको नेपाल टे«ड यूनियन महासंघ, माओवादी निकट रहेको अखिल नेपाल टे«ड यूनियन महासंघले श्रम कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले बोद्धार्थ जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिमा समेत ज्ञापन पत्र बुझाएका छन् ।