नेपालमा बाम एकताको कुरा स्थापनाकालको केही दशकपछि ‘बहस’ को रुपमा छेडियो । बीचमा केही बाम एकता नभएका पनि होइनन् । तर, पुनः १० वर्षे सशस्त्र द्धन्द्धपछि देखिएको नयाँ वाद अर्थात् माओवादी पार्टीका कारण नेपालमा फेरि बाम पार्टीहरुबीच नै प्रतिस्पर्धा चलिरह्यो । २०६४ सालको पहिलो संविधान सभाको चुनावमा माओवादीले ल्याएको परिणामले उसलाई नयाँ शक्तिको रुपमा उभ्याइदियो । फलतः नेपालमा बाम शक्तिहरुबीचको ‘ध्रुविकरण’ हुने सम्भावना न्युनप्रायः बन्यो । तर, एकाएक २०७४ असोज १७ गते चुनावी तालमेलसँगै बाम एकिकरणले देश मात्रै हैन, विदेशमासमेत तरङ्ग सिर्जना ग¥यो । यसलाई भारतले अस्वीकार ग¥यो भने चीनले स्वागत ग¥यो । यतिसम्मकी अरुण तेस्रो जलविद्युत परियोजनाको उद्घाटनको लागि आउने भनिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने÷नआउने टुंगो लाग्न सकेको छैन् । जुन एकता, नेपालीहरुको महान चाड बडादशैंमा एकाएक भएको ‘बाम एकता’ लाई धेरै कोणबाट हेर्ने प्रयास गरिएको छ । अझै पनि हेरिदै छ । रहस्यमय तवरबाट भएको यो चुनावी तालमेलसँगैको एकिकरणले पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुमा एक खाल्को खैलाबैला पनि मच्चिएको छ । माओवादी र एमाले बीच हुने सत्तोसरापको अन्त्य त भएको छ । तर, त्यो माथिल्लो तहमा मात्रै सम्भव छ । तल्लो तहमा अझै असन्तुष्टका पोकाहरु छ्यापछ्याप्ती छन् । कतिपय स्थानीय नेता, कार्यकर्ताहरुले यसलाई दिर्घकालीन एकताको रुपमा बुझेका छैनन् । न त, यसलाई चुनावी तालमेलकै रुपमा बुझेका छन् । किनभने नयाँ शक्ति नेपाल नेतृत्व गरिरहेका बाबुराम भट्टराईले दिएको अभिव्यक्ति र चुनाव चिन्हले पनि त्यो आशंका जन्माइदिएको छ । जुन, बेला एकताको विगुल फुके त्यो समयमा नयाँ शक्तिका बाबुराम पनि विगुल फुक्ने मध्येका एक थिए । तर, बीचमै छाडेको उद्घोष गरेपछि भने चुनावी तालमेल दिर्घकालीन एकता होला जस्तो संकेत देखा परेको छैन् । कतिपय नेता कार्यकर्ताहरुले अवको पार्टी नयाँ नाम, नयाँ चुनाव चिन्ह र नयाँ विधान लिएर जानु पर्छ भन्नेमा अडान राखेका छन् । त्यो अडान नयाँ शक्तिको प्रदेश नम्बर १ का संयोजक राजेन्द्रकुमार किरातीले प्रदेश तथा प्रतिनिधि सभाका उम्मेद्वारहरुको नाम लिष्ट केन्द्रमा सिफारिस गर्ने ताका पत्रकार सम्मेलनमै सार्वजनिक गरेका थिए । पूरानो चुनाव चिन्ह, पुरानै नाम, पुरानै विधान लिएर जाने हो भने त्यो एकता र गठबन्धन स्वीकार्य नभएको कुरालाई उपस्थित नेताहरुले राखेका थिए । यसरी हेर्दा कही न कही नेता कार्यकर्ताहरुमा असन्तुष्टी छ । तर, बाम एकता अपरिहार्य रहेको कुरालाई पनि उनीहरु नर्कादैनन् । नेपाली राजनीतिमा बाम एकताको प्रयास २०४७ सालदेखि नै भएको हो । त्यो बेला धरानबाट हस्ताक्षर अभियान नै चल्यो । त्यो हस्ताक्षर अभियानले देशभरको ४६ जिल्लामा ‘माक्र्सवादी अध्ययन केन्द्र’ नामक एउटा बाम बुद्धिजिवीहरुको समिति गठन भयो । जसले ‘एकीकृत कम्युनिष्ट पार्टी निमाणार्थ जन अभियान चलाऔं’ भन्ने नारा नै अघि सारे । त्यो बेला कम्युनिष्ट पार्टीहरुमा देखा परेका विभाजनका रेखा मेट्नको लागि पनि यो बाम एकता आवश्यक रहेको औल्याउँदै व्यापक रुपमा यो केन्द्रले ‘जन अभियान’ लाई जारी नै राख्यो । बामपक्षीय बुद्धिजिवीहरुको २०४७ बैसाख २९ गते र २०४७ जेठ २ गते बसेको बृहत भेलाले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा राजकुमार कार्की प्रधान सम्पादक रहेको काचुँली द्धैमासिक पत्रिकाको वर्ष ९ अङ्क १ मा उल्लेख छ । जुन असार–साउन को अङ्कमा उल्लेख छ । छरिएर रहेको कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा उभ्याउनु नै यसको मूल उद्देश्य थियो । जतिबेला सोभियत संघमा कम्युनिष्ट व्यवस्था धरासायी बन्दै थियो । त्यही बेला यो अभियान पनि थालिएको थियो । उक्त अध्ययन केन्द्रले नै दवाव सिर्जना गरेर नेपालको बाम आन्दोलनमा होमिएको नेकपा माले र कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउँदै नेकपा (एमाले) बनाउन सफल त भयो । लगत्तै २०५२ सालदेखि माओवादी सशस्त्र द्धन्द्धमा होमिएपछि भने देशमा फेरि अर्को क्रान्ति सुरु भयो । र, त्यही क्रान्तिको फलस्वरुप दुईसय ५० वर्षदेखि राजकाज गर्दै आएको शाह बंशको अन्त्य मात्रै भएन, देशले लोकतन्त्र हुँदै गणतन्त्रसमेत प्राप्त ग¥यो । देशले छैठौं संविधान पायो । त्यही लोकतन्त्र, गणतन्त्र साथै संविधानको आडमा पुनः बाम एकिकरणको पहल सुरु भएको छ । तर, यसलाई कतिपय बुद्धिजिवी तथा राजनीतिक विश्लेषकहरुले ‘बाहुन’ हरुको गठजोडको रुपमा लिएका छन् । केही समय अघि राजनीतिक विश्लेषक सिके लालले एक अनलाइनलाई दिएको अन्तरवार्तामा यो एकता बाम एकता नभई ‘बाहुनहरुको गठजोड’ भनेर टिप्पणी गरे । उनले त्यति मात्रै भनेनन् । यो एकता ‘परम्परागत हिन्दु शक्ति, नेपालीभाषी पहाडे पुरुष बाहुनहरुको सत्ताको निरन्तरता र वर्चश्वका लागि बुद्धिमतापूर्वक गरिएको गठजोड हो । चतुर्याईंपूर्वक स्थानीय निर्वाचन सकेर आम निर्वाचनको मुखमा यो सबै गरिएको छ ।’ अवसरको एकताको रुपमा मात्रै रहेको विश्लेषक सिके लालको तर्क छ । यस्तै तर्क धरानका राजनीतिलाई नजिकबाट नियालिरहेका धरान–१४ विजयपुरका सूर्यप्रसाद उपाध्यायको पनि छ । उनले विचार मिल्नेहरुमा एकता हुनु नराम्रो नभएको तर, जुन किसिमले एकता भा’छ, यो हतपतमा भएको र विचार एकता नभएको बताउँछन् । ‘अपरचुनिटीको मात्रै एकता हो । बैचारिक रुपमा भन्दा पनि अवसरको एकता मात्रै भयो ।’ उनी भन्छन् । जुन रुपमा एकिकरणको कुरा छ । त्यसमा नमिल्ने कुराहरुलाई पन्छाएर अघि बढेमा दुरगामी असर पार्ने कुरामा उनी सहमत छन् । ‘बैचारिक रुपमा के के कुरा मिल्छन्, के के मिल्दैनन् । त्यसलाई पन्छाएर अघि बढ्दा दुरगामी असर पार्छ ।’ उनको भनाइ छ । हतारो बाम एकतालाई धरानका राजनीतिक चिन्तक विएकृष्ण श्रेष्ठ भने ‘रहस्यमयी’ एकताको संज्ञा दिन्छन् । उपाध्यायको बिचार भन्दा फरक छैन् उनको विचार पनि । तर, हतपतमा छिटो गरी भएको एकताको परिणाम बाबुराम भट्टराईले देखाइसकेको उनले बताए । त्यो भनिरहँदा बाम गठबन्धन सिद्धान्ततः स्वागत योग्य कुरा रहेको उनले बताए । उनले यस अघिका गतिविधिहरु हेर्दा सजिलैसँग अघि बढ्ने देख्दैनन् । नेताहरु मिले पनि तल्लो तहका कार्यकर्ताहरु नमिल्ने देख्छन् । भन्छन्, ‘पार्टीका नेताहरु मिल्दैमा कार्यकर्ताहरु मिल्छन् भन्ने कुरा छैन् । त्यो त यस अघिका कुराहरुले पनि देखाइसकेको छ । माथिल्लो तहका नेताहरुको केही स्वार्थहरु पनि हुन्छन् । उनीहरु मिल्छन् ।’ पार्टी एकिकरणलाई उनी सहज लिँदैनन् । अवको प्रदेश र प्रतिनिधि सभाको चुनावी परिणाम कस्तो आउँछ त्यो हिसावमा रेस्पोन्स हुन्छ । विचार एउटै भए पनि कार्यक्रम फरक फरक भएकाले कार्यक्रममा एकिकरण गर्ने हो । त्यो हुन सकेमा मात्रै एकिकरण सम्भव भएको उनी देख्छन् । यसरी राजनीतिक चिन्तकहरुको विचारहरु सुनिरहँदा यसको भविश्य कस्तो होला ? भनेर प्रश्न उब्जिने ठाउँहरु प्रसस्तै छन् । जसरी ‘माक्र्सवादी अध्ययन केन्द्र’ ले २०४७ सालमा माक्र्सवादीहरुलाई एक ठाउँमा उभ्याउनको लागि हस्ताक्षर जनअभियान चलायो । त्यसरी नै अहिलेको माक्र्सवादी पार्टीहरुलाई पनि एक ठाउँमा उभ्याउनको लागि नयाँ अभियान थाल्नु पर्ने देखिन्छ । नत्र, अहिले भएको गठजोड चुनावी तालमेलसम्मको लागि मात्रै हो कि भन्ने आशंका उब्ज्याइरहन्छ । यसलाई प्रष्ट पार्दै पूर्व प्राध्यापकसमेत रहेका कुमारबहादुर कार्कीले चुनावी तालमेल गर्दा मात्रै कार्यकर्ता विचलित हुन सक्छन् भनेर पनि बाम एकिकरणलाई अघि सारेको दाबी गर्छन् । रणनीतिको रुपमा मात्रै तालमेल गरेको उनी बुझ्छन् । उनले ‘आउने सरकार बामपन्थीहरुको बनाउँ भनेर पनि यो गठबन्धन गरेको’ बताए । बामबीचमा ध्रुविकरण हुनु एकदमै स्वागत योग्य भएको बताए पनि उनी दृघकालीन रुपमा यसले असर नर्गने तर्क सार्छन् । बाम एकताबाट अलगिएको घोषणा गरेको बाबुरामले नै एकतालाई देखाइसकेको तर्क उनको पनि छ । यदी त्यसो हो, भने नेपालमा बाम एकताको एकिकरण असम्भव छ त ? जुट्ने र फुट्ने मात्रै होला त ? संविधान जारी भइसकेको अवस्थामा संविधानलाई संस्थागत गर्नको लागि मात्रै हैन, त्यसलाई कार्यान्वयन गर्न पनि नेपालमा डेमोक्रयाटहरु एक ठाउँमा र लेफ्टिष्टहरु अर्को ठाउँमा उभिन जरुरी पनि छ । अव देशको अवश्यकता भनेको आर्थिक क्रान्ति हो । त्यो आर्थिक क्रान्तिका लागि पनि बाम एकता मिल्नुको विकल्प छैन् । पार्टीहरुबीचको एकताको विकल्प छैन् । त्यही अनुसार अघि बढ्न पनि जरुरी छ । नत्र, फेरि अर्को अभियानले विजारोपण गर्ने छ ।