पोखरा/लागुऔषध नियन्त्रण महाअभियानअन्तर्गत पोखरा लेखनाथ महानगरपालिका–३३ का विभिन्न स्थानमा करिब छ क्विन्टल परिमाणको गाँजा मंगलबार नष्ट गरिएको छ । लागुऔषध नियन्त्रण महाअभियान पोखरा लेखनाथ ३३ का संयोजक गणेश ढकालका अनुसार वडाका मनियलडाँडा, हुँडिकोट, भर्तिपोखरा, डाँडागाउँ र जिव्रेढुङ्गा लगायतका स्थानमा गाँजा फडानी गरिएको हो । गाँजा फडानीमा भरतपोखरी प्रहरी चौकी इञ्चार्ज टीकाराम न्यौपाने नेतृत्वको प्रहरी टोली, डाँडानाक प्रहरी चौकी र सामुदायिक प्रहरी लेखनाथको सहभागिता रहेको थियो । लागुऔषधको प्रयोगले समाजमा बढ्दो विकृति–विसंगतिलाई न्यूनीकरण गर्ने उद्देश्यले यस्तो महाअभियान सञ्चालन गरेको छ । यो महाअभियानबाट समाजमा सुख, शान्ति एवम् सदाचार अभिवृद्धि हुने विश्वास लिएको समाजसेवी चेतबहादुर महतले बताए ।