काकरभिट्टा/ बिपन्न तथा गरिबले अध्यय्न गर्ने थलोका रुपमा सरकारी बिद्यालय मानिन्छ । तिनै बिद्यालयका बिद्यार्थीहरु जो अतिरिक्त कृयाकलापमा अब्बल हुने गरेका छन् ।

नेपाली बिद्यालय अध्धयन गर्ने बिद्यार्थीहरु पछिल्लो समय बिभिन्न क्षेत्रमा सकृया हुने गरेको पाईन्छ । त्यस्तै झापाको काँकरभिट्टा स्थित काकरभिट्टा माध्यमिक बिद्यालयमा आधुनिक कम्प्युटर ल्याब उपलब्ध भएको छ। यसले गर्दा यहाँ अध्यय्न गर्ने बिद्यार्थीहरुमा थप हौसला प्राप्त भएको छ । गोर्खा मेमोरियल फण्ड बेलायतको सहयोगमा बिद्यार्थीहरुलाई कम्प्युटर शिक्षाका लागि स्थापना गरिएको कम्प्युटर ल्याबमा ३१ थान कम्प्युटर, एक थान प्रोजेक्टर, ३ थान सिसि क्यामेरा, १ एमबिपिएस स्पीडको ईन्टरनेट र एक थान सर्बर कम्प्युटर जडान गरिएको बिद्यालयका प्रधानअध्यापक तुलशीप्रसाद निरौलाले जानकारी दिए ।

बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र गोर्खा मेमोरियल फण्ड वेलायतका अध्यक्ष धन गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । कम्प्युटर ल्याब उद्घाटन कार्यक्रममा बेलायतको फोक्सटन शहरका मेयर र मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेती तथा झापाका प्रजिअ ऋषिराम तिवारी बिच प्रत्यक्ष भिडियो कुराकानी समेत गराईएको थियो । सोही अवसरमा काकरभिट्टा माबि र बेलायत स्थीत फोक्सटन शहरका बिद्यार्थीहरु बीच पनि ईन्टरनेटको सहयोगमा प्रत्यक्ष कुराकानी भएको थियो ।

काकरभिट्टा माबिका पुर्व बिद्यार्थी तथा बेलायत स्थीत फोक्सटन शहरका पुर्व काउन्सिलर धन गुरुङको बिशेष पहलमा बेलायती सहयोग बिद्यालयमा भित्रिएको बिद्यालयले जनाएको छ ।