झापा/केहि दिन अघि इलाका प्रहरी कार्यालय काकँरभिट्टाले चाडपर्वको समय २० हजारको पटका बरामत गरेको भन्दै पत्रकार सम्मेलन को आयोजना गरियो । उता सशस्त्र प्रहरी बल काकँरभिट्टाले हाल सम्म कति पटका बरामत गरेको छ कुनै सूचना सार्वजनिक गरेको छैन् ।

भारतीय नाका सँग जोडिएको पूर्वी नाका काकँरभिट्टाबाट अबैध रुपमा लाखौ परिणाममा पटका लगायत झिलिमिली र बिजुली बत्ती तस्करी भई रहेको रह्य सार्वजनीक भएको छ ।  चाडपर्वको समयमा नाकामा प्रहरी प्रसासनसँगको मिलेमत्तोमा यसरी सामान तस्करी भएको नेपाली बजारमा अवैध रुपमा देखिएको पटका जन्य बस्तुहरुले प्रष्ट्याएको छ । भारतीय बजारबाट खरिद गरेर ल्याउने यस्ता बस्तुहरु नाकामा सोझै प्रहरीको सहयोगमा भित्रने गरेका छन् ।

बिभिन्न खाद्य बस्तुभित्र लुकाई भित्राउने यस्ता सामानहरु प्रहरीले केहि मात्रामा समात्ने गरेको पाईन्छ भने अन्य लाखौ मूल्य बराबरको अबैध सामानहरु मिलेमतोमै भन्सार कट्ने गरेका छन् । खुल्ला सिमाना भएका कारणले नियन्त्रण गर्न समस्या भएको भन्दै प्रहरी प्रशासन उम्कने गरेको छ । तर नाकामा खटिने सशस्त्र प्रहरी र जनपथ प्रहरीले पोके ब्यापारीसँग पैसा लेनदेन गर्ने र अवैध रुपमा भित्रनबाट रोक्ने कार्य भने गरेको देखिदैन ।

चाडपर्व नजिक प्रज्ज्वलनशील वस्तु भित्रन नदिन प्रहरी प्रशासनबाट कडाई गर्ने कारण कारोबारीहरुले दसैंअघिदेखि नै पटकको अवैध पैठारी सुरु गरेका हुन् । खासगरी तिहारअघिदेखि मात्रै प्रतिबन्धित पटकाहरु भित्रन नदिन निगरानी बढाउने सुरक्षा निकायको पुरानो संस्कारका कारण पटका भित्र्याउने गिरोहहरु अहिलेदेखि नै सक्रिय बन्ने गरेका हुन् ।  झापाको काकँरभिट्टा सँगै खासगरी उत्तरतिरको बाहुनडाँगीका साथै दक्षिण नाकाहरु भद्रपुर, केचना, कुमरखोद, गौरीगञ्जबाट पटका भित्रने गरेको छ । तिहारलाई लक्षित गरी वर्षेनी लाखौ मूल्यका पटका नेपाली भित्र्याइन्छ । विगतमा सुरक्षा निकायकै मिलेमतोमा पटका भित्रँदै आएको थियो । यसपटक भने सुरक्षा निगरानी कडा गरिएकाले मिलेमतोबाट पटका भित्र्याउन सहज नभएको एक कारोबारीले बताए ।

चाडपर्व नजिकै गर्दा यस्ता वस्तुको अवैध पैठारी बढ्न सक्ने भन्दै सुरक्षा निकायले प्रत्येक नाकाहरुमा निगरानी बढाएको जनाएको छ ।  तिहारका बेला वर्षेनी लाखौ मूल्यको पटकका भारतबाट नेपाल भित्रन्छ । पानीटंकीका एक व्यापारीले नाम नछाप्ने शर्तमा दाबी गरे, ‘यसपटक करिव एक करोड मूल्यको पटकका नेपालका लागि आएको छ ।’ उनका अनुसार एसएसबीको कडा सुरक्षाका कारण सिलिगुडी र पानीट्यांकीको गोदाममा पटका थन्किएर बसेको छ । थोरै थोरै परिमाणमा भने प्रत्येक दिन भित्रिरहेको उनले बताए ।

पटकाका भारतीय कारोबारीले भरियामार्फत पटका नेपाल पठाउँछन् । जसवापत भरियाले ४० देखि ५० प्रतिशत कमिसन पाउँछ । पूर्वी नाकाबाट भित्रिएका पटकाहरु राजधानीसम्म र्पुयाइन्छ । जगमग, खुर्सानी, चकलेट नामक पटकादेखि निक्कै महंगो मूल्यमा खरिदरबिक्री हुने रकेट बमलगायतका पटका नेपाली बजारमा भित्रने गरेको छ ।  सरकारले प्रज्ज्वलनशील पदार्थको बिक्रीवितरणमा पूर्ण रुपमा बन्देज लगाएपनि पूर्ण रुपमा निषेध गर्न सकेको छैन । नाकामा तस्करी नियन्त्रणका लागि खट्ने जनपथ प्रहरी चाडपर्वको समय २० हजार मुल्य बराबरको पटना बरामत गरेको तथ्याङक सार्वजनिक गरेको उम्किन खोजेको छ ।

तर नेपाली बजारमा यो छ्यापछ्यापी भेटिन्छ । पत्रकार भेटघाट को आयोजना गरि प्रहरीले सो कुराको जानकारी गराएको हो तर उता सशस्त्र प्रहरी भन्सार गुल्म काकँरभिट्टाले हाल सम्म कति बरामत गरेको छ, आधिकारीक तथ्यांक बाहिर ल्याएको छैन् । यी बिषयमा सूचना माग्ने कुरामा गुल्मका डिएसपी नवराज थापाले फोनमा आनाकानी गर्ने गरेका छन् । फोनमा बोल्न नमिल्ने भन्दै थापा भेटैरै सबै कुरा गरौ भन्दै पन्छिने गरेका छन् ।

भारतको पानीट्याङकी,सिलिगुढी,नक्सलबारी लगायतका क्षेत्रबाट अबैध रुपमा पटका नेपाल भित्रिने गर्दछ । तर नाकामा खटिएका प्रहरी प्रसासनको ध्यान नजाने गरेको पाईन्छ । जसले गर्दा चाडपर्वको समयमा झन तस्करीले मौका पाई रहेको पाईन्छ । प्रहरी प्रसासनले पटका र बिधुतीय सामग्री भन्सार छलेर नआएको बताए पनि पोके ब्यापारीले दैनिक रुपमा भन्सार छली गरेर भित्राउने गरेको स्रोतको भनाई छ ।