लहान/सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत एक कामदार लडेर मृत्यु भएको छ ।

विद्युत् मर्मत गर्ने क्रममा लडेर मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत कामदार मोरङको विराटचोक निवासी २० वर्षीय मनिस चौधरीको मृत्यु भएको हो ।

विद्युत् मर्मत गर्ने क्रममा लडेर गम्भीर घाइते भएका चौधरीको सिरहाको कर्जन्हास्थित फूलकुमारी मिमोरियल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।