एजेन्सी/यी बच्ची जहाँ जहाँ जान्छिन् उनलाई मानिसहरुले घुरेर हेर्छन् । उनले जे काम गर्छिन् मानिसहरुले अनौठो नजरले हेर्छन् । कारण यत्तिमात्र हो की उनको अनुहार पूरै भुत्लाले ढाकिएको छ । सोही कारण मानिसहरुले उनको नाम नै बदलेर बाँदरमुखे अर्थात् मंकी फेस राखिदिएका छन् ।

यिनको वास्तविक नाम सुपात्रा सासुफान हो । थाइल्याण्डको बैंकककी सुपात्राको अनुहार साधारण मानिसको भन्दा विल्कुल फरक देखिन्छ । अनुहारभरी बाँदरको जस्तै रौँ पलाएका छन् ।

यस्तो प्रकारको रोगलाई अमब्रास सिन्ड्रोम भनिन्छ । जसमा अनुहारभर रौँ पलाउँछन् । सुपात्राको अनुहारमा मात्र होइन हात, कान, पिठ्यूँ तथा खुट्टामा समेत यस्तै बाक्लै रौँ पलाएका छन् ।

उनको जीउका रौँ हटाउनका लागि उनका बुवाआमाले लेजर उपचार पद्धति पनि अपनाए, तर कुनै फाइदा भएन । विद्यालयमा जिउका रौँकै कारण उनले साथीभाइहरुबाट अपहेलनाको शिकार हुनुपरेको छ ।

तर खुसीको यो यो अनौठो समस्याका कारण उनको नाम गिनिज बुकमा लेखिएको छ । विश्वकै सबैभन्दा भुत्ला भएको मानिसको रुपमा ।