इटहरी/ इटहरीको सबैभन्दा पुरानो क्लब राष्ट्रिय जागृती (राजा) क्लबले इटहरीमा एक कार्यक्रम आयोजना गरी ब्लाष्टका सम्वाददाता धनबहादुर पुरी र पत्रकार हिमाल दाहाल सहित विभिन्न क्षेत्रमा योगदान पुप्याएको भन्दै आठ जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।

विभिन्न क्षेत्रबाट इटहरीको विकासको लागि योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरेको हो । पुरी र दाहाल सँगै क्लबले प्राध्यापक डा. बद्रीविशाल पोख्रेल, समाजसेवीहरु विमल पौडेल र पदमबहादुर श्रेष्ठ (भान्जाबाबु), गायिका लक्ष्मी दर्नाल, फुटबल खेलाडी रमेश श्रेष्ठ र सन्तोष कार्कीलाई सम्मान गरेको हो । यस्तै क्लबले आयोजना गरेको खुल्ला लोक नृत्य प्रतियोगितामा नागी डान्स सेन्टर पहिलो, ओम डान्स सेन्टर दोस्रो र नेपाल नेपाल तामाङ धेदुङ संघ तेस्रो भएका थिए ।

सम्मानित व्यक्ति एवं नृत्यका विजेताहरुलाई इटहरीका मेयर द्वारिकलाल चौधरीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । राष्ट्रिय जागृती क्लब इटहरीको ५० वर्ष पुरानो क्लब हो । क्लबले इटहरीको संस्कृति तथा खेलकुद विकासको लागि उल्लेखनीय काम गर्दै आएको छ । इटहरीका धेरै अग्रज व्यक्तिहरुले यस संस्थाको नेतृत्व गरिसकेका छन् । क्लबले वार्षिक रुपमा अन्तराष्ट्रिय आमन्त्रण फुटवल समेत गदै आएको क्लबका अध्यक्ष सञ्जीव ढुंगानाले वताए ।