एजेन्सी/ बलिउडका 'सुल्तान' सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा है’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । सलमान खानले दिपावलीको शुभकामना दिँदै आफ्नो फेसबुक पेजमार्फत फिल्मको पहिलो अनुहार सार्वजनिक गरेका हुन् । पोष्टरमा सलमानले हातमा बन्दुक लिएका छन् भने अनुहारमा क्रोध देखिन्छ ।

डिसेम्बर २२ मा रिलिज हुने यो फिल्ममा सलमानसँगै कैटरीना कैफ पनि मुख्य भूमिकामा छिन् । यी दुईले यसअघि फिल्म 'एक था टाइगर'मा काम गरेका थिए । २०१२ मा रिलिज भएको सुपरहिट फिल्म 'एक था टाइगर'को सिक्वेल ‘टाइगर जिन्दा है’लाई कबीर खानले निर्देशन गरेका हुन् ।

‘टाइगर जिन्दा है’मा सलमान खानको खतरनाक एक्सन देख्न पाइने निर्माण पक्षले बताएको छ । कैटरीना कैफले पनि यो फिल्ममा धेरै स्टन्ट आफैले गरेकी छिन् । केही समय अगाडि सलमानले फिल्ममा आफ्नो भूमिकाको विषयमा जानकारी दिँदै भनेका थिए, 'निकै अफ्ठ्यारो काममा हात हालेछ' यार । मेरो उमेर ५१ वर्ष भयो र अब यो उमेरमा ठूला-ठूला भवनबाट कुद्न र खतरनाक सीन गर्न निकै मुश्किल भएको छ ।'