रेखा थापा, शिल्पा पोखरेल, निशा अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, झरना थापा लगायतका नायिकाहरुले फिल्म निर्माणमा हात हालिसकेका छन् । यही भीडमा अर्की एक नायिका थपिएकी छिन्, केकी अधिकारी । फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट उनी निर्मात्री बन्न लागेकी हुन् । स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, केकी कार्यकारी निर्माता रहने फिल्मलाई म्यूजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्नेछन् । छठपछि फ्लोरमा जाने फिल्मको छायांकन बाँके जिल्लामा हुनेछ । फिल्मको विषयमा नायिका केकी अधिकारीले भने बताउन चाहिनन् । फिल्ममा नायिका केकी आफै मुख्य भूमिकामा रहने बताइएको छ । केकीसँगै फिल्ममा ऋचा शर्मा र प्रियंका कार्की पनि मुख्य भूमिकामा फाइनल भएको स्रोत बताउँछ । 'स्वर' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी नायिका केकीको फिल्मको पटकथा तथा संवाद शान बस्यालले लेखेका हुन् । अर्जुन पोखरेल, कालिपसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत रहने ‘कोहलपूर एक्सप्रेस’लाई अर्जुन तिवारीले क्यामेरामा कैद गर्नेछन्  ।