विराटनगर/ सखुवागाछी युवा क्लब तथा सावित्री–गोपाल स्मृति ट्रस्टद्वारा सुनसरीको इनरुवमा आयोजना भएको ‘सखुवागाछी सांगीतिक साँझ’ कार्यक्रममा स्थानियले भरपुर मनोरञ्जन लिएका छन् ।

संगीतकर्मीहरूको बाजाका तालमा भएको सांगीतिक कार्यक्रम युवादेखि सम्पूर्ण उमेर समूहका स्थानिय रमाए । कन्सर्ट सखुवागाछीमा भए पनि झुम्का, इटहरी, बलाहा, भुटाहासम्मका संगीतप्रेमी तानिएका थिए । न पहाडी, न मधेसी, सबै संगीतमा अन्तरघुलन भए । सांगीतिक कार्यक्रमको उद्घाटन गर्दै इनरुवा नगरपालिकाका मेयर राजन मेहताले कला, संस्कृति र संगीतले नै समाजलाई जोडिरहेको उल्लेख गर्दै उनले भने, ‘संगीतको भाषाले सबैलाई जोडेको छ र नै सिंगो समाजमा सद्भाव कायम छ ।’ आशिष थापा र प्रशंसा गुरुङले सञ्चालन गरेको कन्सर्टको सुरुवातमा स्थानीय कलाकार स्नेहा पोखरेल, सागर सुवेदी, सगुन सुवेदी, ग्राभिटी ब्यान्ड र धरान डान्स सेन्टरले प्रस्तुतिले थप मनोरञ्जन दिलायो । उनीहरूपछि पोखराको डिमर्चा ब्यान्डले स्टेजको प्रस्तुतीले युवाहरुलाई उफारेको थियो । डिमर्चाले कन्सर्टका संयोजक तथा रचनाकार रोशन भट्टराईले आधा दर्जन बढी गीतहरु प्रस्तुत गरि सबैलाई भरपुर मनोरञ्जन दिएका थिए ।

उनले ‘नेपालका छोरा हामी सबै नेपाली...’ बोलको गीतबाट प्रस्तुत गरिरहदा युवाहरु उनको स्वरमा ताल मिलाउँदै छमछमि नाचिरहेका देखिन्थो ।