दुलारी/ कक्षा ६ मा बढ्ने १३ वर्षिय वालिका ३ जना छोराछोरीकी आमासँग सौता लाग्न गईन भन्दा सबैलाई विश्वास नलाग्न सक्छ । तर यो सत्य हो । मोेरगं सुन्दरहरैचा ७ की १३ वर्षिय वालिका सौता लाग्न गएकी हुन । वालिकालाई गाउँलेहरुले उद्धार गरेका छन ।  सुन्दरहरैचा ७ की उक्त वालिकालाई पथरी ३ का २३ बर्षका लक्ष्मण भन्ने कमलसिंह दर्जीले कान्छी श्रीमती बनाई लगे पछि अहिले दर्जी अहिले प्रहरी खोरमा पुगेका छन । केहि समय अगाडी ३ जना छोराछोरीको आमा विवाह गरेर ल्याएका दर्जीले ३ जनाको आमा ३ वर्ष अगाडी विवाह गरेका थिए । गाउँलेहरुको प्रयासमा उक्त वालिकाको प्रहरीले उद्धार गरेको हो ।

काठमाण्डौमा गार्मेनमा काम गदै आएका दर्जीले सुन्दरदुलारी आउँदा वालिकाको घरमा जाने आउँने गरी युवतीलाई प्रभाव पार्ने मोवाईल समेत किनिदिएका थिए । वालिकाको वुवा भारतमा काम गदै आएको र सौतेनी आमा भएको कारण वालिकालाई फकाई फुल्याई गरेको गाउँलहरुले वताएका छन । तर दशै अघि दर्जी वालिका माग्न घरन पुगेका थिए तर वालिकाको वुवाले वालिकामा विहे गर्दिन्न भने पछि गत २३ गते वालिकालाई भगाएर विवाह गरेको् इलाका प्रहरी कार्यलय वेलवारीका इन्स्पेक्टर रामजी कटुवालले वताए ।

वालिका माग्न आएको थाहा पाउँनेहरुले विरोध गरे पछि विवाह रोकिए पनि गत २३ गते वालिका र केटा हराएको थिए । अहिले हामीले केटालाई पक्राउ गरी इलाका प्रहरी कार्यलय वेलवारीमा राखेर अनुसन्धान गरीरहेका छौ इन्स्पेक्टर कटुवालले भने । केटाले ललाईफकाई विवाहको नाममा वलत्कार गरेको समेत देखिएको कारण वाल विवाहमा मुद्धा दायर भएको प्रहरीको भनाई छ । हामी वलत्कारमा पनि मुद्धा दर्ता गर्ने लागेका छौ उनले भने ।