शनिश्चरे/दिपावलीको अवसरमा मोरङको पथरीशनिश्चरे १० ऐयावारीस्थित चन्द्रज्योति युवा परिवारले ज्येष्ठ, एकल महिला र समाजसेवीलाई सम्मान गरेको छ ।

परिवारको स्थापनाको १५ औं वर्ष प्रवेशको सन्दर्भ समेत पारेर आयोजित कार्यक्रममा नगरकै ज्येष्ठ सदस्य १ सय २ वर्षीय जनकलाल पोखरेल सहित ५ जना तथा वडाका ९ जना एकल महिलालाई सम्मान गरिएको छ ।

क्लबका जग्गादाता अर्जुन भट्टराई, संस्थापक अध्यक्ष एवम् पत्रकार ध्रुव भट्टराई, क्लब स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दानबहादु लिम्बू सहित ५ जनालाई पनि दोसल्ला ओढाएर विशेष सम्मान प्रदान गरिएको छ । सो अवसरमा साँस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको परिवारका अध्यक्ष विष्णु कोइरालाले बताए ।