धरान/धरान उपमहानगरपालीकाले सुकुम्बासी समस्या समाधान गर्न गठीत ‘अव्यवस्थित बसोबास ब्यबस्थापन समिती’ले धरानको सुकुम्बासी समस्या समाधानकालागि पहल छलफल सुरु गरेको छ ।

धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बा तथा उप मेयर मञ्जु भण्डारी सुबेदीको उपस्थितीमा भएको समितीको पहिलो बैठकले धरानको अब्यबस्थित बसोबासलाई ब्यबस्थित बनाउन र सुकुम्बासीहरुको जिबन स्तर उकास्ने बिषयमा प्रारम्भिक छलफल गरेको छ ।

‘पहिलो बैठक भएकाले समितीका सदस्यहरुबिच परिचय र सुकुम्बासी समस्याहरुको बारेमा छलफल भएको छ’ धरान उपमहानगरपालीकाका बरिष्ट प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद खतिवडाले भने ।

सुकुम्बासी समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न र सुकुम्बासी वस्तीहरुलाई नमुना बस्तीको रुपमा बिकास गर्ने धरान उपमहानगरपालीकाको निती अनुसार समितीले काम गर्ने धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले बताए ।

मेयर सुब्बाले धरानको सुकुम्बासी समस्या समाधान गर्न सात सदस्यि समिती गठन गरेका थिए ।धरान उपमहानगरपालीका नगर कार्यपालीकाकी सदस्य हिरादेवी राईको संयोजकत्वमा बनेको समितीमा धरान १५ का वडा सदस्य ज्ञानेन्द्र बस्नेत,नेपाल बसोबास बस्ती संम्रक्षण समाजबाट कुमार कार्कि र सिता मगर र हरि कार्कि रहेका छन् । बाकी दुई सदस्य पछि थप गरिने भएको छ ।