झापा । झापाको कमल गाउँपालिकामा बुधबार मोटरसाइकल र म्याजिक भ्यान एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक गौरादह( १ का ३४ वर्षका योगेन्द्र अधिकारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनको उपचारको क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ। सहायक राजमार्गअन्तर्गत पाडाजुँगी–गौरीगञ्ज सडक खण्डमा पर्ने कमल गाउँपालिका( ६ स्थित गेउरिया खोला नजिकै मे१च ४९६३ नम्बरको यात्रु सवार म्याजिक भ्यान र को२७प २९८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी चार जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा दमक( ७ का ३८ वर्षका जगत विक, गौरादह( ५ का ७१ वर्षका बमबहादुर कटुवाल, उनकी श्रीमती ७० वर्षकी देवीमाया कटुवाल र दमक( ७ का ३६ वर्षका भरत ल्वागुन रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये बमबहादुर र देवीमायाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। गम्भीर घाइतेहरूको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेकोमा त्यहाँ नसकेपछि बिर्तामोड पठाइएको छ। बस्नेतका अनुसार मोटरसाइकल र भ्यान अनियन्त्रित भई ठक्कर खाएका थिए। च्भबम mयचभ बतस् जततउस्ररधधध.तजबजबपजबदबच.अयmरलभधकरद्दछज्ञटघ